शनिबार, असार २७, २०८३

नेपाल ओपन पुम्से र हाइ स्पिड किक प्रतियोगितामा पारा विधा थप

नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल पुम्से तथा हाइ स्पिड किक तेक्वान्दो प्रतियोगितामा फरक क्षमता भएका खेलाडीका लागि पारा विधा पनि थप गरिएको छ।
 |  आइतबार, माघ ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ११, २०७७

काठमाडौं– नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल पुम्से तथा हाइ स्पिड किक तेक्वान्दो प्रतियोगितामा फरक क्षमता भएका खेलाडीका लागि पारा विधा पनि थप गरिएको छ।

यसअघि पुम्से र हाइ स्पिड किकमात्र राखिएकोमा पारा खेलाडीहरुको मनोबल बढाउने उद्देश्यले पारा विधा पनि थपिएको प्रतियोगिता संयोजक एवं तेक्वान्दोका प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठले बताए।

श्रेष्ठका अनुसार पारा विधामा नेपाल, थाइल्यान्ड, मेक्सिको, भेनेजुएला र बुरुन्डीबाट ११ खेलाडी सहभागी हुनेछन्। पारा विधामा सबैको दर्ता निःशुल्क गरिएको छ।

विभिन्न ६ आयोजक रहेको प्रतियोगिता माघ १३ र १४ गते हुँदै छ। प्रतियोगितामा ३१ राष्ट्रबाट १ हजार ३ सय १५ खेलाडीको सहभागिता निश्चित भइसकेको आयोजकले जनाएको छ।

कोटेश्वर तेक्वान्दो डोजाङबाट सञ्चालन हुने प्रतियोगिताको पुम्सेतर्फ ६० र हाइ स्पिड किकमा ३० गरी ९० स्पर्धा समावेश छन्।

५ नेपाली र ७ विदेशी गरी १२ निर्णायकले प्रतियोगिता सञ्चालन गर्ने छन्।

प्रकाशित: Jan 24, 2021| 09:03 आइतबार, माघ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।