शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बारका चार पूर्वअध्यक्षको ठहर– प्रधानमन्त्री ओलीमा शक्तिको अहंकार र उन्माद 

बारका चार पूर्वअध्यक्षको ठहर– प्रधानमन्त्री ओलीमा शक्तिको अहंकार र उन्माद 

नेपाल बार एसोसिएसनका चार जना पूर्वअध्यक्षले सत्ता पक्षबाट कानुन व्यवसायमाथि प्रहार भएको बताएका छन्।
 |  आइतबार, माघ ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ११, २०७७

काठमाडौं– नेपाल बार एसोसिएसनका चार जना पूर्वअध्यक्षले सत्ता पक्षबाट कानुन व्यवसायमाथि प्रहार भएको बताएका छन्।

बारका पूर्वअध्यक्षहरु हरिहर दाहाल, शम्भु थापा, शेरबहादुर केसी र प्रेमबहादुर खड्काले आज आइतबार प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘प्रधानमन्त्री केपी ओलीले व्यक्त गरेको अभिव्यक्तिले कानुन व्यवसाय र कानुन व्यवसायीका सबैभन्दा वरिष्ठतम अधिवक्ता कृष्णप्रसाद भण्डारीको घोर अपमान र मानमर्दन भएको छ।’

प्रधानमन्त्री ओलीले अस्ति शुक्रबार आफ्नो दल नेकपा निकट पेशा व्यवसायीको भेलामा ‘एक जना बाजे वकिललाई पनि लिएर गएछन् बहस गर्न, के तमासा गरेको हो यो रु वकिलले कुरा फिटेको फिट्यै छन् तर ढुक्क हुनुस् प्रतिनिधिसभा पुनस्र्थापना हुँदैन’ भनेका थिए। 

प्रधानमन्त्री ओलीले यसअघि पनि कानुन व्यवसायीलाई ‘स्यालजस्तो म्याउम्याउ गरेका छन्, सर्वोच्च अदालतमा बहस गर्ने वकिललाई त्यति पनि थाहा नहुने ?, के गर्छन् ती वकिलले ?’ भनेर सार्वजनिक समारोहमा बोलेको भन्दै बारका पूर्वअध्यक्षहरुले यसबाट संविधानद्वारा संरक्षित कानुन व्यवसायमाथि नै धावा बोलिएको बताएका छन्।

लोकतन्त्रका पहरेदार कानुन व्यवसायीमाथिको प्रहारलाई मूकदर्शक भएर सहन गर्न नसकिने भएकोले विज्ञप्ति प्रकाशित गरिएको उनीहरुको भनाइ छ। ‘प्रमको यस्तो अभिव्यक्तिले अदालतमा विचाराधीन मुद्दालाई समेत प्रतिकूल असर गर्ने प्रयास भएकोले यस विषयलाई हामीले गम्भीरतापूर्वक लिएका छौं। २०१३ सालदेखि संस्थागत स्वरुप ग्रहण गरेको कानुन व्यवसायलाई तमासा देखाएको भनी राजतन्त्रकालमा समेत सत्ता पक्षद्वारा यस प्रकारको निर्लज्ज प्रहार भएको थिएन,’ विज्ञप्तिमा भनिएको छ।

प्रधानमन्त्रीको अभिव्यक्तिलाई उनीहरुले शक्तिको अहंकार र उन्माद भनेका छन्। प्रमलाई सार्वजनिक क्षमा याचना गर्न र अदालतको अपहेलनाजन्य कार्य गरेबापत उनलाई जवाफदेही बनाउन बारका पूर्वअध्यक्षले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

प्रकाशित: Jan 24, 2021| 08:42 आइतबार, माघ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।