शनिबार, भदौ २०, २०८३

चिसोको कहरमा मुसहर समुदाय

चिसोका कारण  मुसहर समुदाय कष्टकर जीवन बिताउन बाध्य भएको छ।
 |  आइतबार, माघ ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ११, २०७७

बर्दिबास– चिसोका कारण  मुसहर समुदाय कष्टकर जीवन बिताउन बाध्य भएको छ।

माघ पहिलो सातादेखि भएको बदलीले गर्दा तापक्रम बढ्न नपाउँदा केही दिनदेखि यहाँको वातावरण ओसिलो बनेको छ। मौसम बिग्रिएपछि बिहीबार र शुक्रबार स्कुल बिदा गरिएका थिए।

‘कोरोनापछि बस्तीमा आगन्तुकको आगमन बन्द हुँदा प्रवेश शुल्कबापतको रकम पनि जम्मा भएन,’ बस्तीका अगुवा मञ्जय सदाले भने, ‘पहिला जम्मा भएको रकम कति सदस्यले व्यवसाय तथा सीप सिक्न ऋण लगेका छन् भने कति सदस्यलाई ग्यासको जोहो गर्न खर्च भयो। त्यस्तै कति सदस्यको स्वास्थ्य उपचारमा पनि खर्च भयो।’

कोरोनाअघि बस्ती हेर्न आउने आगन्तुकबाट मासिक सरदर पाँच छ हजार रकम उठ्ने गरेको सदाले बताए। 

बस्तीका अधिकांश पुरुष टायल फ्याक्ट्रीमा काम गर्छन् भने महिला घरेलु श्रमिकका रुपमा काम गर्छन्। बस्तीमा ५० घरधुरीमा ३१५ सदस्य छन्।

बर्दिया नगरपालिका वडा नम्बर १४ मा रहेको एकीकृत मुसहर बस्तीका मुसहरलाई जाडोमा कम्बल बाँड्ने कार्यक्रम रकम अभावमा पूरा हुन नसकेको सदाले बताए।

वडा नम्बर १४ का वडाध्यक्ष भरतबहादुर हमालले वडासँग बजेट नभएकाले कम्बल बाँड्न नसकिएको बताए।

‘मुसहरको पीडाबाट हामी अनभिज्ञ छैनौं,’ हमालले भने, ‘हामीले चाहेर पनि सहयोग गर्न नसकेको अवस्था हो। नगरपालिकाबाट कार्यक्रम आएको छैन। हाम्रो स्रोतले गर्न सक्ने अवस्था छैन।’

स्थानीय रामरति सदाको घरमा स्वास्थ्य समस्या तथा चिसोकै कारण एक महिनामा तीन जनाको मृत्यु भयो। 

‘घटना भएको घरका सदस्यलाई मैले आफैंले चार वटा कम्बल किनेर दिएँ,’ वडाध्यक्ष हमालले भने, ‘सबैलाई दिने भनेको हो नगरपालिकाले सहयोग गरेको छैन।’

केही विपन्न परिवारलाई भने सहयोग आवश्यक रहेको सदा बताउँछन्। ‘कुनै संघसंस्थाले केही सहयोग गर्न सक्छन् कि भनेर सोधखोज थालेका छौं,’ सदाले भने।

प्रकाशित: Jan 24, 2021| 08:18 आइतबार, माघ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।