शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अधिवक्ता ढुंगानाको प्रश्न– राजनीतिक कारणले संसद् विघटन गर्न पाइने संविधानको कुन धारामा छ ?

अधिवक्ता ढुंगानाको प्रश्न– राजनीतिक कारणले संसद् विघटन गर्न पाइने संविधानको कुन धारामा छ ?

अधिवक्ता नितिका ढुंगानाले राजनीतिक कारणले संसद् विघटन गर्न पाइने कुरा संविधानको कुनै धारामा उल्लेख नभएको जिकिर गरेकी छन्।
 |  आइतबार, माघ ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ११, २०७७

काठमाडौं– अधिवक्ता नितिका ढुंगानाले राजनीतिक कारणले संसद् विघटन गर्न पाइने कुरा संविधानको कुनै धारामा उल्लेख नभएको जिकिर गरेकी छन्।

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा भइरहेको बहसमा भाग लिँदै उनले प्रधानमन्त्रीले राजनीतिक कारण र काम गर्न नदिएको भन्दै संसद् विघटन गर्न नपाउने बताइन्।

ससद् विघटन गर्नुपर्ने प्रष्ट कारणसमेत प्रधानमन्त्रीले उल्लेख नगरेको भन्दै उनले सविधानमा हुँदै नभएको विशेषाधिकार प्रयोग भएको बताइन्।

संसद् विघटन गर्ने कुनै वैकल्पिक धारासमेत नभएको जिकिर गर्दै उनले आफ्नो पार्टीको आन्तरिक विषयलाई लिएर राजनीतिक विषय भन्दै संसद् विघटन गर्न नपाइने तर्क गरिन्।

संसद् पुनस्र्थापना हुनुपर्ने जिकिर अधिवक्ता ढुंगानाको छ। ‘वैकल्पिक सरकार बन्ने ठाउँ हुँदाहुँदै पनि संसद् विघटन गरियो। वैकल्पिक सरकारको अभ्यास गर्ने ठाउँ संसद् भए पनि त्यसका लागि समय नै दिइएन,’ उनले भनिन्।
 

प्रकाशित: Jan 24, 2021| 07:39 आइतबार, माघ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।