शनिबार, असार २७, २०८३

लुम्बिनीलाई बागमतीको कठिन लक्ष्य

लुम्बिनी प्रदेशलाई बागमती प्रदेशले २२१ रनको लक्ष्य प्रस्तुत गरेको छ।
 |  आइतबार, माघ ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ११, २०७७

काठमाडौं– लुम्बिनी प्रदेशलाई बागमती प्रदेशले २२१ रनको लक्ष्य प्रस्तुत गरेको छ। प्रधामन्त्री कप क्रिकेट अन्तर्गत आज (आइतबार) मूलपानीस्थित मैदानमा भइरहेको खेलमा पहिले ब्याटिङ गरेको बागमतीले २२१ रनको लक्ष्य दिएको हो।

टस जितेर ब्याटिङ राजेको बागमतीले पूरा ओभर खेल्दै नौ विकेटको क्षतिमा २२० रन बनाएको थियो। बागमतीका लागि आदिल खानले सर्वाधिक ५५ रनको अर्धशतकीय इनिङ खेले भने इशान पाण्डेले पनि ५१ रन जोडे।

त्यस्तै, पृथु बास्कोटा २९ रनमा आउट भए भने आकाश थापाले ३९ रनधको योगदान दिए। बलिङतर्फ लुम्बिनीका लागि दिपेन्द्र रावतले तीन विकेट गिराए भने कृष्ण कार्की र सन्दिप सुनरले समान २–२ विकेट लिए। विक्रम भुषल र अनिल खरेलले समान १–१ विकेट गिराए।

प्रकाशित: Jan 24, 2021| 06:59 आइतबार, माघ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।