सोमबार, चैत २, २०८२

पीएम कप : सुदूरपश्चिमलाई १९६ रनको लक्ष्य

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट अन्तर्गत त्रिविको क्रिकेट मैदानमा आज (आइतबार) जारी खेलमा प्रदेश २ ले सुदूरपश्चिम प्रदेशलाई १९६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
 |  आइतबार, माघ ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ११, २०७७

काठमाडौं– प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट अन्तर्गत त्रिविको क्रिकेट मैदानमा आज (आइतबार) जारी खेलमा प्रदेश २ ले सुदूरपश्चिम प्रदेशलाई १९६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

National life

टस हारेर ब्याटिङको निम्तो पाएको प्रदेश दुईले ४२ ओभरमा पूरा विकेट गुमाएर १९६ रन बनाएपछि सुदूरपश्चिमले १९६ रनको लक्ष्य पाएको हो।

प्रदेशका लागि हरिशंकर शाहले सर्वाधिक ६० रन जोडे भने विवेक यादवले ४१ रन बनाए। त्यस्तै, महबुब आलम २४ रनमा आउट हुँदा राहुल प्रताप सिंहले १२ रन बनाए।

सुदूरपश्चिमका तर्फबाट प्रदेश दुईलाई अतिरिक्त ३२ रन प्राप्त भयो। बलिङतर्फ शेर मल्ल र नरेन्द्र साउँदले समान ३–३ विकेट लिए भने अरुण ऐरीले दुई विकेट गिराए। एक विकेट लिनेमा हेमन्त धामी र भोज राज भट्ट रहे।
 

प्रकाशित: Jan 24, 2021| 06:50 आइतबार, माघ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।