शनिबार, भदौ २०, २०८३

प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दाको सुनुवाइ सुरु

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको सुनुवाइ आज पनि सुरु भएको छ।
 |  आइतबार, माघ ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ११, २०७७

काठमाडौं–प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको सुनुवाइ आज पनि सुरु भएको छ।  

सर्वोच्च अदालतको संवैधानिक इजलासमा मुद्दाको सुनुवाइ सुरु भएको हो।  वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस सुरु गरेका छन्। उनलाई एक घन्टा समय निर्धारण गरिएको छ।  

यसअघि रमण श्रेष्ठले सुरुवातमा राजपत्रको विषयमा कुरो उठाएर बहस गर्न खोजेपछि इजलासले रोकेको थियो।  त्यसपछि त्रिपाठीले बहस सुरु गरेका हुन्।  

संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन परेका छन्।  गत आइतबारदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा मुद्दाको निरन्तररूपमा सुनुवाइ भइरहेको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा मुद्दाको सुनुवाइ भइरहेको छ। 

३०० भन्दा बढी कानुन व्यवसायीले वकालतनामा लेखाएका छन्। शुक्रबारसम्म रिट निवेदकका तर्फबाट ३५ जना कानुन व्यवसायीले बहस गरिसकेका छन्।

प्रकाशित: Jan 24, 2021| 06:16 आइतबार, माघ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।