शनिबार, असार २७, २०८३

राष्ट्रिय फुटबल टोलीको अभ्यास सुरु

नेपाली राष्ट्रिय फुटबल टोलीले पोखरा रंगशालामा अभ्यास सुरु गरेको छ।
 |  आइतबार, माघ ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ११, २०७७

पोखरा– नेपाली राष्ट्रिय फुटबल टोलीले पोखरा रंगशालामा अभ्यास सुरु गरेको छ। विश्वकप २०२२ अन्तर्गत छनोट चरणको खेलका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडी बिहीबार पोखरा आएका थिए।

प्रशिक्षणमा सहभागी नेपाली टिमका सिनियर खेलाडी विराज महर्जनले पोखराको मैदानमा अभ्यास गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए। 

पोखरालाई आफ्नो दोस्रो घरेलु मैदान मान्ने विराज प्राकृतिक मैदानमा अभ्यास गर्न पाएकोमा भाग्यमानी ठान्छन्। विदेशी टिमसँग खेल्ने अवसर पाए उत्कृष्ट हुँदै जानसक्ने उनको भनाइ थियो। ‘पोखरामा पनि हामी विदेशी टिमसँग खेल्न पाए एउटा अवसरको विकास हुन्थ्यो,’ उनले भने, ‘खेलाडीको स्तरमात्र होइन, समग्र फुटबलको समेत विकास हुन्थ्यो ।’ राजधानी बाहिर पहिलो पटक प्रशिक्षणमा आउँदा खेलाडीहरुले निकै रमाइलो र मानसिक रुपमा बलियो महसुस गरेको उनले बताए। 

टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले पोखराको मैदान उत्कृष्ट रहेको र प्राकृतिक मैदानमा स्तरीय टिमसँग मैत्रीपूर्ण वा प्रतियोगिता खेल्न पाए टिमको तयारीबारे थाहा हुने प्रतिक्रिया दिए। खेलाडीलाई मानसिक रुपमा फिट राख्नका लागि फरक फरक स्थानमा सुविधा सम्पन्न  पूर्वाधारमा प्रशिक्षण गराउँदा खेलाडीको मनोबल बढ्ने उनको भनाइ छ।

पोखरामा कुनै प्रतियोगिता वा मैत्रीपूर्ण खेल खेल्न पाए अझ राम्रो हुने उनले बताए । ‘पोखरामा फुटबल अभ्यास मात्र गर्ने छैनौं,’ उनले भने, ‘हामी हाइकिङ जाने पनि सोच बनाएका छौं ।’
 

प्रकाशित: Jan 24, 2021| 05:26 आइतबार, माघ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।