शनिबार, असार २७, २०८३

पछिल्ला सय खेलमा रोनाल्डो, मेस्सी र नेयमारको संयोग

पछिल्ला सय खेलमा बार्सिलानाका स्ट्राइकर लियोनेल मेस्सी, युभेन्टस स्टार क्रिस्टियानो रोनाल्डो र पेरिस सेन्ट जर्मनका फरवार्ड नेयमार जुनियरले समान गोल गरेका छन्।
 |  आइतबार, माघ ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ११, २०७७

काठमाडौं- पछिल्ला सय खेलमा बार्सिलानाका स्ट्राइकर लियोनेल मेस्सी, युभेन्टस स्टार क्रिस्टियानो रोनाल्डो र पेरिस सेन्ट जर्मनका फरवार्ड नेयमार जुनियरले समान गोल गरेका छन्।

विश्व फुटबलको केन्द्रमा रहेका यीं तीन खेलाडीले समान ८१–८१ क्लब गोल गरेका हुन्।

विश्व स्टार तीन खेलाडीले समान गोल गर्नु फुटबलमा संयोग पनि हो। 

उनीहरू विश्वका छुट्टाछुट्टै तीन लिगका खेलाडी हुन्। रोनाल्डो इटालीको शीर्ष लिग सिरी–एमा खेल्छन् भने मेस्सी स्पेनिस लिग बार्सिलोनामा आवद्ध छन्।

त्यस्तै, नेयमारले २०१७ यता फ्रेन्च लिग १ मा खेलिरहेका छन्।

मेस्सी र रोनाल्डोको फुटबल करिअरको उत्तरार्धमा छन् भने नेयमार अझैसम्म जीवनको उत्कृष्ट समय विताइरहेका छन्।

उनीहरूले समान गोल गरे पनि फरक संख्यामा एसिस्ट गरेका छन्। धेरै एसिस्ट गर्नेमा मेस्सी छन्। उनले बार्सिलोनाबाट ५१ एसिस्ट गरेका छन्।

त्यस्तै, नेयमारले सय खेलमा ४६ गोल गर्दा रोनाल्डोले १४ एसिस्ट गरेका छन्।

 

प्रकाशित: Jan 24, 2021| 05:09 आइतबार, माघ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।