शनिबार, भदौ २०, २०८३

प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दाको सुनुवाइ आज पनि

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको सुनुवाइ आज पनि सुरू हुने भएको छ। 
 |  आइतबार, माघ ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ११, २०७७

काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको सुनुवाइ आज पनि सुरू हुने भएको छ। 

सर्वोच्च अदालतको संवैधानिक इजलासमा मुद्दाको सुनुवाइ भइरहेको छ। 

संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन परेका थिए। 

गत आइतबारदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा मुद्दाको निरन्तररूपमा सुनुवाइ भइरहेको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा मुद्दाको सुनुवाइ भइरहेको छ। 

३०० भन्दा बढी कानुन व्यवसायीले वकालतनामा लेखाएका छन्। शुक्रबारसम्म रिट निवेदकका तर्फबाट ३५ जना कानुन व्यवसायीले बहस गरिसकेका छन्।

धेरै कानुन व्यवसायीहरू भएकाले इजलासले बहसमा समय निर्धारण गरेको छ। हरेक दिनको बहसका क्रममा इजलासबाट न्यायाधीशहरूले कानुन व्यवसायीहरूको ध्यानाकर्षण गराउँदै आएका छन्। 

पुस ५ मा संसद् विघटन भएपछि उक्त निर्णयविरुद्ध रिट परेको थियो। रिट निवेदकका तर्फबाट मुद्दा बृहत् पूर्ण इजलासमा सुनुवाइ हुनुपर्ने माग उठे पनि माघ २ को आदेशले संवैधानिक इजलासमा नै सुनुवाइ गर्ने भनेको थियो।

प्रकाशित: Jan 24, 2021| 04:52 आइतबार, माघ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।