शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चितवनमा एचआईभी सङ्क्रमितका परिवारकाे निःशुल्क स्वास्थ्य बीमा

चितवनमा एचआईभी सङ्क्रमितका परिवारकाे निःशुल्क स्वास्थ्य बीमा

चितवनका ३४८ एचआईभी सङ्क्रमितका परिवारकाे निःशुल्क स्वास्थ्य बीमा गरिएको छ।
 |  आइतबार, माघ ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ११, २०७७

चितवन - चितवनका ३४८ एचआईभी सङ्क्रमितका परिवारकाे निःशुल्क स्वास्थ्य बीमा गरिएको छ। यहाँ रहेका स्थानीय तहसँगको समन्वयमा उनीहरूको स्वास्थ्य बीमा गरिएको हो।

एड्स हेल्थ फाउण्डेशनको सक्रियतामा उनीहरूको परिवारको स्वास्थ्य बीमा गरिएको हो। 

फाउण्डेशन चितवनका प्रमुख कृष्णहरि सापकोटाका अनुसार बीमा गर्नेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका सङ्क्रमित रहेका छन्।

स्थानीय तहहरूले नीति तथा कार्यक्रममा राखेर उनीहरूको बीमा गरेका हुन्।

सङ्क्रमित खुलेर आउने वातावरण बनाउनका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए। 

बीमा गरिएका परिवारमा एकभन्दा बढीसमेत सङ्क्रमित रहेको सापकोटाले बताए। 

जिल्लामा अहिले एक हजार ९२६ सङ्क्रमित छन्, तीमध्ये १४७ बालबालिका हुन्। 

फाउण्डेशनमा दर्ता भएर औषधि सेवन गर्नेमा ४७ बालबालिका, ४७१ महिला र ४५१ पुरुषसहित ९६७ छन्। 

सन् २०२० मा गरिएको परीक्षणका क्रममा नयाँ ७९ जनामा सङ्क्रमण भेटिएको छ। थपिएका व्यक्तिमध्ये चार बच्चा छन्।

आठ हजार ७६२ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमित थपिएको फाउण्डेशनका स्रोत व्यक्ति डा. युवानिधि बसौलाले जानकारी दिए।

बसौलाका अनुसार सन् २०२० मा सङ्क्रमितमध्ये १५ को मृत्यु भएको छ। मृत्यु हुनेमा एक कोरोना सङ्क्रमण, चार क्यान्सर, पाँच क्षयरोग र अन्य अत्यधिक मदिरा सेवनका कारण छन्। रासस

प्रकाशित: Jan 24, 2021| 04:46 आइतबार, माघ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।