शनिबार, असार २७, २०८३

प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिम र प्रदेश २ भिड्दै

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम र प्रदेश २ बीच खेल भइरहेको छ।
 |  आइतबार, माघ ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ११, २०७७

काठमाडौं – चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटमा आज दुई खेल हुँदैछन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम र प्रदेश २ बीच खेल भइरहेको छ।

सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोजेको छ। सुदूरपश्चिम र प्रदेश २ यसअघि नै प्रतियोगिताबाट बाहिरिएका छन्। उक्त समूहबाट एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरिसकेका छन्।

यस्तै आजै मूलपानी क्रिकेट मैदानमा बागमती प्रदेश र लुम्बिनी प्रदेशबीच अर्को खेल हुँदैछ। बागमतीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ।

बागमती हालसम्म तीन खेलमै जित निकाल्दै आफ्नो समूहको शीर्षस्थानमा छ। आजको खेलमा लुम्बिनीलाई पराजित गरे बागमती सेमिफाइनल प्रवेश गर्नेछ।

दुई खेलमा जित तथा एउटामा हार व्यहोरेको लुम्बिनीको पनि सेमिफाइनल पुग्ने सम्भावना कायमै छ। दुवै टोलीले फराकिलो अन्तरले खेल जित्नुपर्ने अवस्था छ। 

प्रकाशित: Jan 24, 2021| 04:08 आइतबार, माघ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।