शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वामदेव गौतम पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै

वामदेव गौतम पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै

पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा राजनीतिक रूपमा विभाजित बनेको छ। 
 |  आइतबार, माघ ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ११, २०७७

काठमाडौं - पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा राजनीतिक रूपमा विभाजित बनेको छ। 

नेकपाको दाहाल-नेपाल पक्ष एकातर्फ र प्रधानमन्त्री केपी शर्मा ओली अर्कातर्फ छन्।

नेकपाका नेता कार्यकर्ता औपचारिकरूपमा नै विभाजनाेन्मुख भइसकेका छन्। यद्यपि नेकपा विभाजनको औपचारिकता कानुनीरूपमा प्राप्त भइसकेको छैन।

नेता कार्यकर्ता छुट्टाछुट्टै पक्षको नेतृत्व गरिरहेका छन्। तर, नेकपाका उपाध्यक्ष रहेका वामदेव गौतम भने कुनै समूहमा लागेका छैनन्।

उनी नेकपालाई एकता गर्ने भन्दै छुट्टै अभियान अघि बढाउने तयारीमा जुटेका छन्। यसैक्रममा माघ १४ गते वामदेव गौतमले पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दैछन्।

उनी निकट विद्यार्थी नेता माधव पन्तले ललितपुरको धोबिघाटस्थित एक पार्टी प्यालेसमा बुधबार औपचारिक कार्यक्रम गरेर एकता अभियानको घोषणा हुन लागेको जानकारी दिएका छन्।

प्रकाशित: Jan 24, 2021| 03:12 आइतबार, माघ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।