शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीलाई साधारण सदस्यबाट निष्काशन गर्ने दाहाल–नेपाल पक्षको तयारी

ओलीलाई साधारण सदस्यबाट निष्काशन गर्ने दाहाल–नेपाल पक्षको तयारी

राजनीतिक रुपमा विभाजित नेकपाको दाहाल–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्यबाट समेत निष्काशन गर्ने तयारी गरेको छ।
 |  आइतबार, माघ ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ११, २०७७

काठमाडौं– राजनीतिक रुपमा विभाजित नेकपाको दाहाल–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्यबाट समेत निष्काशन गर्ने तयारी गरेको छ।

तीनदिने स्पष्टिकरण सोधेको दाहाल–नेपाल पक्षले त्यसको जवाफ नआएपछि कारबाही स्वरुप साधारण सदस्यबाट नै निष्काशनको तयारी गरेको हो।

एक स्थायी कमिटी सदस्यले आईतबार बस्ने स्थायी कमिटीको बैठकमा निर्णय हुनसक्ने जानकारी दिए।

ओलीलाई दाहाल–नेपाल पक्षले पत्र नै पठाएर तीन दिनभित्र जवाफ नआएमा साधारण सदस्यसमेत नरहने गरी थप कारबाही गरिने जानकारी गराइसकेको छ।

दाहाल–नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आइतबार मध्यान्ह साढे १२ बजे स्थायी कमिटीको औपचारिक बैठक बोलाइएको छ। 

आजको बैठकमा शुक्रबार काठमाडौंमा गरिएको जनप्रदर्शन, संसद विघटनविरुद्ध घोषणा गरिएको आन्दोलनलगायतका बारेमा समिक्षा हुने र भावि रणनीति तय गरिने कार्यक्रम छ।

त्यस्तै आजको बैठकले पार्टीको विभिन्न कमिटीमा पदाधिकारी नियुक्तिलगायतका निर्णयहरु पनि गर्ने बताइएको छ। पार्टी विभाजन तहमै पुगेपछि एकले अर्को पक्षलाई कारवाही गर्दै आफ्नो पक्षका नेताहरुलाई जिम्मेवारी दिन थालेका छन्। 

दाहाल–नेपाल पक्षले केही प्रदेश कमिटीहरुमा इन्चार्ज, अध्यक्षलगायतको जिम्मेवारी तोकिसकेको छ। यद्यपी महासचिवको बारेमा भने अझै टुंगो लगाउन सकेको छैन।

प्रकाशित: Jan 24, 2021| 02:30 आइतबार, माघ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।