शनिबार, असार २७, २०८३

पुनरागमन जितसँगै सिटी एफए कपको चौथो चरणमा

पुनरागम जितका साथ म्यानचेस्टर सिटी एफए कपको चौथो चरणमा प्रवेश गरेको छ।
 |  आइतबार, माघ ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ११, २०७७

काठमाडौं– पुनरागम जितका साथ म्यानचेस्टर सिटी एफए कपको चौथो चरणमा प्रवेश गरेको छ।

उसले चेल्टिनहमलाई ३–१ गेलअन्तरको हराउँदै कपको चौथो राउन्डमा प्रवेश गरेको हो।

प्रतिस्पर्धात्पक पहिलो हाफ गोलरहित बराबरीमा रोकिएपछि दुवै टिमले दोस्रो हाफमा गोल गरे।

खेलको ५९ औं मिनेटमा गोल गर्दै चेल्टिनहमका अल्फी मेले सिटीलाई एक गोलले पछि पारे पनि ८१ औं मिनेटमा फिल फोडेनले गोल गर्दै बराबरी गरे।

त्यस्तै, सिटीका ग्याब्रियल जिससले ८४ औं मिनेटमा गोल गर्दै अग्रता बनाए।

खेलको इन्ज्युरी समयमा सिटीका फरान टोरेसले गोल गरेपछि भने सिटीले ३–१ गोलको जित निश्चित गर्यो।

जितसँगै चौथो राउन्डमा पुगेको सिटीले अब फेब्रुलरी ११ मा स्वानिसयासँग खेल्नेछ।
 

प्रकाशित: Jan 24, 2021| 02:00 आइतबार, माघ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।