शनिबार, भदौ २०, २०८३

उत्तराखण्डको एकदिने मुख्यमन्त्री बन्दै सृष्टि

भारत हरिद्वारस्थित दौलतपुर गाउँकी सृष्टि गोस्वामी अहिले चर्चामा छिन्।
 |  आइतबार, माघ ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ११, २०७७

काठमाडौं– भारत हरिद्वारस्थित दौलतपुर गाउँकी सृष्टि गोस्वामी अहिले चर्चामा छिन्। कारण– सृष्टि आज (आइतबार) एक दिनको लागि उत्तराखण्ड राज्यको मुख्यमन्त्री बन्दैछिन्। 

राष्ट्रिय बालिका दिवसको अवसर पारेर उनलाई मुख्यमन्त्री बनाउन लागिएको हो। 

सृष्टि उत्तराखण्डकी पहिलो मुख्यमन्त्री हुनेछिन्। यद्यपि, यो पद प्रतीकात्मक हुनेछ। सृष्टि बाल विधानसभामा मुख्यमन्त्रीको रुपमा सहभागी हुनेछिन्। सरकारी अधिकारीहरुले उनलाई आफ्नो मन्त्रालय तथा विभागले गरेका कामको बारेमा जानकारी दिनेछन र त्यसमा उनले सुझावहरु दिनेछिन्। 

सोसल मिडियामा सृष्टि लेख्छिन्, ‘एक दिनको लागि मुख्यमन्त्री बन्न पाउँदा एकदमै खुसी छु। बालिकाको सुरक्षाका लागि गर्नुपर्ने कामबारे म सरकारी निकायहरुलाई सुझाव दिनेछु।’

रुडकीको बीएसएम पीजी कलेजमा बीएससी एग्रिकल्चरकी विद्यार्थी सृष्टिका बुवा गाउँमा सानो दोकान चलाउँछन् र आमा सामाजिक कार्यकर्ता हुन्। छोरीलाई दिइएको सम्मानबाट उनीहरु गौरवान्वित छन्। 

सन् २०११ मा रिलिज भएको बलिउड फिल्म ‘नायक’ मा अनिल कपुर एक दिनको लागि मुख्यमन्त्री बनेका छन्। १९ वर्षीया सृष्टि वास्तविक रुपमै एकदिने मुख्यमन्त्री बन्दैछिन्। धेरैपटक ‘नायक’ हेरेकी सृष्टि निकै उत्साहित छिन्। फिल्ममा जस्तो भूमिका उनको हुनेछैन, तर उनी फिल्ममा अभिनय पनि गर्दै छैनन्।

–बीबीसी
 

प्रकाशित: Jan 24, 2021| 01:53 आइतबार, माघ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।