सोमबार, चैत २, २०८२

झिल्टुङ क्रसकन्ट्री रेसमा सुमन र हुमी विजयी

नुवाकोटको बेलकोटगढी नगरपालिकामा सम्पन्न पाँचौ झिल्टुङ क्रस कन्ट्री रेस  अन्तर्गत पुरुषतर्फ सुमन कुलुङ राई र महिलातर्फ हुमी बुढामगर विजयी भएका छन्।
 |  आइतबार, माघ ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ११, २०७७

नुवाकोट– नुवाकोटको बेलकोटगढी नगरपालिकामा सम्पन्न पाँचौ झिल्टुङ क्रसकन्ट्री रेस  अन्तर्गत पुरुषतर्फ सुमन कुलुङ राई र महिलातर्फ हुमी बुढामगर विजयी भएका छन्।

National life

शनिबार सम्पन्न दौडमा राईले निर्धारित १३.४ किमी दुरी ५४ मिनेट ५५ सकेन्डमा पार गर्दै विजयी भएका हुन्। उनले श्रीकास राईलाई एक मिनेट तीन सेकेन्डले पछि पार्दैै उपाधि जिते।

तेस्रो भएका राजेन्द्र तामाङ राईभन्दा ३४ सेकेन्डले पछि परे।

त्यस्तै सोही विधाको महिलातर्फको उपाधि भने हुमी बुढामगरले जितेकी छन्। उनले एक घण्टा १३ मिनेट २३ सेकेन्डमा सो दुरी पार गदै उपाधि जितेकी हुन्।

महिलातर्फ बन्दना राई दोस्रो भइन्। भने आशा राउत तेस्रो भइन्। प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः १५ हजार, १० हजार र पाँच हजार पुरस्कार पाएका छन्।

Laxmi sunrise bank
kumari

सो प्रतियोगितामा अन्य विधामा पनि खेलहरू भएका थिए। साढे चार किमीतर्फ छात्र खुल्लामा विश्वरा कुँवर प्रथम भए भने सोही विधाको महिलातर्फ सरस्वति बोहराले उपाधि जितिन्।

१६ वर्ष मुनिको खेल अन्तर्गत छात्र तर्फ दिनेश नेपाल पहिलो भए भने छात्रातर्फ दिपशिखा राई पहिलो भइन्।

प्रतियोगितामा गत वर्षबाट सुरु गरिएको आमा समूहको खेल यो वर्ष पनि समावेश गरिएको थियो।

नुवाकोटको बेलकोटगढीमा पछिल्लो पाँच वर्षदेखि लगातार क्रस कन्ट्री प्रतियोगिता हुँदै आइरहेको प्रतियोगिताका संस्थापक मोहन नेपाल बताउँछन्। उनले आउँदो पाँच वर्षमा यो प्रतियोगितालाई अन्तराष्ट्रिय स्तरमा पुर्याउने दाबी गरे।
 

प्रकाशित: Jan 24, 2021| 01:53 आइतबार, माघ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।