मंगलबार, भदौ २३, २०८३

बेञ्जेमा चम्किँदा रियलको जित

दुई घरेलु कपका खेलमा हार बेहोर्दै बाहिरिएको क्लब रियल मड्रिडले गएराति ला–लिगामा जित निकालेको छ।
 |  आइतबार, माघ ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ११, २०७७

काठमाडौं– दुई घरेलु कपका खेलमा हार बेहोर्दै बाहिरिएको क्लब रियल मड्रिडले गएराति ला–लिगामा जित निकालेको छ।

अलाभेसको मैदानमा सम्पन्न खेलमा उसले ४–१ गोलको फराकिलो जित निकालेको हो। रियलको जितका लागि फरवार्ड करिम बेञ्जेमाले दोहोरो गोल गरे भने इडेन हजार्ड र कासिमेरोले समान १–१ गोल गरे।

खेलको १५ औं मिनेटमा गोल गर्दै कासिमेरोले रियललाई सुरुवाति अग्रता दिलाएका थिए। त्यस्तै, ४१ औंं मिनेटमा बेञ्जेमाले अग्रतालाई दोब्बर बनाए।

रियलकै इडेन हजार्डले इन्ज्युरी समयमा गोल गरेपछि भने पहिलो हाफमा पाहुना टिम ३–० गोलले अघि रह्यो।पहिलो हाफ तीन गोलले अघि रहेको रियलले दोस्रो हाफमा एक गोल थप्यो। त्यसअघि खेलको ५९ औं मिनेटमा अलाभेसका जोसेलुले गोल गरेर घरेलु टिमलाई लयमा फर्काउन खोजे पनि पर्काउन सकेनन्।

खेलको ७० औं मिनेटमा बेञ्जेमाले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ४–१ गोलअन्तरमा पुर्‍याए। सोही नतिजाका साथ सम्पन्न खेलमा रियलले लगातार तीन जितविहीन यात्रापछि लिगमा जित निकालेको छ।

ऊ जितसहित दोस्रो स्थानमा छ। जहाँ शीर्षस्थानको एट्लेटिको मड्रिडभन्दा चार अंकले पछि छ। यता पराजित अलाभेस रेलिगेसन जोभन्दा एक अंक र एक स्थान माथि छ।
 

प्रकाशित: Jan 24, 2021| 01:30 आइतबार, माघ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।