शनिबार, भदौ २०, २०८३

विधि र पद्धति मिचिँदा मञ्चमा विवाद  : नारायणकाजी 

नेकपा दाहाल-नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले शुक्रबार राजधानीमा आयोजित विरोध प्रदर्शनका क्रममा मञ्चमा विधि र पद्धतिको विषयमा विवाद भएको स्पष्ट पारेका छन्।
 |  शनिबार, माघ १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ १०, २०७७

काठमाडौं- नेकपा दाहाल-नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले शुक्रबार राजधानीमा आयोजित विरोध प्रदर्शनका क्रममा मञ्चमा विधि र पद्धतिको विषयमा विवाद भएको स्पष्ट पारेका छन्।

कार्यक्रम सञ्चालन भइरहेका बेला मञ्चमा प्रवक्ता श्रेष्ठ र अध्यक्ष माधवकुमार नेपालबीच विवाद भएको थियो। 

श्रेष्ठले शनिबार राति सामाजिक सञ्जालमा लेखका छन्, 'अब हामीले पार्टी निर्माण र परिचालनमा प्रारम्भदेखि नै पध्दतिसम्मत ढंगले अघि बढ्न ध्यान दिनुपर्दछ। त्यसका निम्ति संघर्ष गर्नुपर्दछ। तब मात्र हामी आफ्नो प्रतिबध्दताप्रति इमानर हुन सक्छौं र  पार्टीलाई सही दिशामा अघि बढाउन सक्षम हुनेछौं। हाम्रो हिजोको कार्यक्रमको क्रममा मञ्चमा देखिएको विवाद यही विषयमा हो।'

जुलुस परिक्रमा र सभा सुरु गर्ने सम्बन्धमा केन्द्रीय संघर्ष समितिले बनाएको पूर्वनिर्धारित योजना संघर्ष समितिको जानाकारी बिना नै अकस्मात् परिवर्तन गरिएको विषयमा आफूले विमति जनाएको उनको भनाइ छ।

श्रेष्ठले भनेका छन्, 'त्यसो गरिनु हुँदैन थियो। संस्थागत कार्य प्रणालीका बारेमा सबै नेतृत्वदायी कमरेडहरुको गम्भीर ध्यानाकर्षणका लागि त्यति बेला नै जोडले कुरा उठाउनु जरुरी थियो।'

उनले विधि र पध्दतिको उपेक्षा र अवज्ञा हुन नपाओस् भन्नेमा सुरुदेखि सशक्त संघर्ष गर्नुपर्नेमा जोड दिएका छन्।  उनले भनेका छन्, 'हाम्रो अबको एउटा मुख्य चुनौती हिजो हामीले कुरा उठाएअनुसार विधिपध्दतिअनुसार पार्टी सञ्चालन गर्नु हो।'

प्रतिनिधिसभा विघटनको असंवैधानिक एवं  प्रतिगामी कदमबिरुध्द शुक्रबार पाटीले राजधानीमा आयोजना गरेको विरोध प्रदर्शन तथा सभा भव्य रुपमा सफल भएको उनको भनाइ छ।

उनले अब छिट्टै अर्को चरणको संघर्षको कार्यक्रम घोषणा गरिने जानकारी दिएका छन्।

प्रकाशित: Jan 23, 2021| 16:35 शनिबार, माघ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।