शनिबार, भदौ २०, २०८३

जोखिमपूर्ण कामबाट ६ बालबालिकाको उद्धार

पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट ६ जना बाल श्रमिकलाई उद्धार गरिएको छ।
 |  शनिबार, माघ १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ १०, २०७७

पोखरा- पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट ६ जना बाल श्रमिकलाई उद्धार गरिएको छ।

महानगरभित्रका पौडेल खाजा घर सिमलचौर, न्यु थकाली गेस्ट हाउस एन्ड थकाली भान्सा घर, म्याग्दी ए वान खाजा घर, जोमसोम भान्साघर एन्ड रेस्टुरेन्टमा काम गर्ने बालश्रमिकलाई उद्धार गरिएको हो। 

श्रम तथा रोजगार कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय पोखरा, सीडब्ल्यूएसएन पोखरा, पोखरा उद्योग वाणिज्य संघ बालश्रम न्यूनीकरण कार्यक्रम, स्थानीय जनप्रतिनिधिको सहकार्य र सहयोगमा उनीहरुको उद्धार गरिएको छ। 

१४ वर्षमुनिका बालबालिकालाई जोखिमपूर्ण काममा लगाउन नपाइने कानुनी व्यवस्था रहेको श्रम तथा रोजगार कार्यालय पोखराका कारखाना निरीक्षक छन्दनारायण श्रेष्ठले बताए। 

कानुन मिचेर बालबालिकालाई काममा लगाउनेलाई कारबाही गरिने र बालबालिकालाई क्षतिपूर्ति उपलब्ध गराइने उनको भनाइ छ। उद्धार गरिएका बालबालिकालाई राज्यले संरक्षण गर्ने उनले बताए। 

पोखरा महानगरपालिकाभित्र धेरै बालश्रमिक रहेको पोखरा उद्योग वाणिज्य संघ बालश्रम न्यूनीकरण संयोजक प्रीति पाण्डेले बताइन्। 

यसको पूर्ण नियन्त्रण गरी पोखरालाई बालश्रममुक्त क्षेत्र बनाउन स्थानीय सरकार, नागरिक समाज, रोजगारदाता विभिन्न बालबालिकाको क्षेत्रमा काम गर्ने संघ संस्थासमेत सचेत भई लाग्न उनले आग्रह गरिन्। 

प्रकाशित: Jan 23, 2021| 15:49 शनिबार, माघ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।