शनिबार, भदौ २०, २०८३

दार्चुलामा ट्रकमा आगजनी

दार्चुलामा एक मिनी ट्रकमा आगजनी भएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका–९ मा ट्रकमा आगजनी भएको हो।
 |  शनिबार, माघ १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ १०, २०७७

धनगढी- दार्चुलामा एक मिनी ट्रकमा आगजनी भएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका–९ मा ट्रकमा आगजनी भएको हो।

दार्चुला सदरमुकामतर्फ जाँदै गरेको सु.प.प्र. ००१ क १५४८ नम्बरको मिनीट्रकमा आगजनी भएको प्रहरीले जनाएको छ। 

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बन्द आह्वान भएकाले प्रहरीले स्कटिङ्ग गरेर सवारी साधनलाई गन्तव्यस्थलसम्म पुर्‍याएको थियो।

आगजनी भएको ट्रकका चालकले प्रहरी चेक प्वाइन्टमा नजिकै जान लागेको भनेर स्कटिङ्ग लिन नमानेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक पुस्कर ऐरीले बताए। 

ट्रक चालकले प्रहरी चेक प्वाइन्ट नजिकै जाने भनेर ढाँटेर गएको र घटनाबारे जानकारी समेत नगराएको प्रहरी निरीक्षक ऐरीले भने, हामीलाई एम्बुलेन्स चालकले घटनाबारे जानकारी गराए। घटना शंकास्पद छ उनले भने, ‘ट्रक चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं।’

प्रकाशित: Jan 23, 2021| 12:00 शनिबार, माघ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।