शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पूर्वलडाकुका कमान्डरलाई प्रधानमन्त्रीले भने- विगतमा जस्तो धोका पाउनुहुने छैन

पूर्वलडाकुका कमान्डरलाई प्रधानमन्त्रीले भने- विगतमा जस्तो धोका पाउनुहुने छैन

प्रधानमन्त्री एवम् नेकपाको ओली पक्षीय अध्यक्ष केपी शर्मा ओलीले माओवादीका पूर्व लडाकुका कमान्डरहरूसँग भेट गरेका छन्।
 |  शनिबार, माघ १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ १०, २०७७

काठमाडौं- प्रधानमन्त्री एवम् नेकपाको ओली पक्षीय अध्यक्ष केपी शर्मा ओलीले माओवादीका पूर्वलडाकु कमान्डरहरूसँग भेट गरेका छन्।

आज आफ्नै सरकारी निवास बालुवाटारमा बोलाएर उनले पूर्व लडाकु कमान्डर लगायतहरुसँग छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए।

‘पूर्व जनमुक्ति सेनाका कमान्डरहरूसँग प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले  बालुवाटारमा आयोजित भेटघाटका क्रममा सम्बोधन गर्नुभएको छ।’

जनयुद्धको अवधिमा तपाईंहरूको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति सम्मान रहेको भन्दै प्रधानमन्त्रीले नेतृत्वले तपाहरूका भावनाको दुरूपयोग गरेको बताएको थापाले उल्लेख गरेका छन्।

‘यो तथ्य बुझेर यहाँहरू जुन निष्कर्षमा आइपुग्नुभयो, यो एकदमै सही छ। यसरी आइरहँदा तपाईहरू ढुक्क हुनुहोस,’ ओलीको भनाई उधृत गर्दै थापाले लेखेका छन्, ‘हामी राजनीतिक रूपमा समस्याको वास्तविक समाधान गर्छौं। नेतृत्वबाट विगतमा जस्तो धोका पाउनुहुने छैन।’

पूर्व जनमुक्ति सेनालाई तत्कालीन जनयुद्धको नेतृत्वकर्ता नेकपाको दाहाल नेपाल पक्षीय अध्यक्ष पुष्पकमल दाहालले धोका दिएको अभिव्यक्ति दिँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज पूर्व माओवादी लडाकुका कमान्डरहरुलाई बोलाएर भेटेका हुन्।

राजनीतिक रुपमा नेकपा विभाजन भएपछि पछिल्लो समय गृहमन्त्री एवम् ओली पक्षीय सचिवालय सदस्य रामबहादुर थापाले पनि पूर्व जनमुक्ति सेनालाई आफ्नो पक्षमा पार्न छलफल गरिरहेका थिए।

प्रकाशित: Jan 23, 2021| 11:29 शनिबार, माघ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।