शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बल्दै गरेको टायर हात्तीको जिउमा फालियो, जलेको दुई दिनपछि मृत्यु

बल्दै गरेको टायर हात्तीको जिउमा फालियो, जलेको दुई दिनपछि मृत्यु

वन्यजन्तु अधिकारकर्मीका अनुसार केही व्यक्तिहरूले हात्तीमाथि जलिरहेको टायर फालेका थिए, जसकारण सो हात्तीको मृत्यु भएको हो। 
 |  शनिबार, माघ १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ १०, २०७७

काठमाडौं - भारतको तमिलनाडूमा हात्तीलाई जलाइएको भिडियो सार्वजनिक भएको छ। 

तमिलनाडूका वन अधिकारीहरूका अनुसार नीलगिरिस्थित मसिनागुडीमा हात्तीलाई जलाइएको हो। 

हात्तीलाई जलाएको आरोपमा दुईजनालाई पक्राउ गरिएको र एकजनाको खोजी कार्य भइरहेको वन अधिकारीहरू बताउँछन्। 

गम्भीररूपमा घाइते भएको ४० वर्षको भाले हात्ती दुई दिनअघि उपचारका क्रममा मृत्यु भएको थियो। कान र डाढ जलेकाले गम्भीर घाइते भएका थियो। 

वन्यजन्तु अधिकारकर्मीका अनुसार केही व्यक्तिहरूले हात्तीमाथि जलिरहेको टायर फालेका थिए, जसकारण सो हात्तीको मृत्यु भएको हो। 

यससँग सम्बन्धित भिडियो पनि सार्वजनिक भएको छ। जसमा कसैले हात्तीमाथि जलिरहेको टायर फ्याँकेको देख्न सकिन्छ। त्यस्तै कान र ढाडमा आगो लागेपछि हात्ती जंगलतर्फ भागिरहेको देखिन्छ। 

नीलगिरिको मावानेलाबाट रेमन्ड र प्रशान्त नामका व्यक्तिहरूलाई पक्राउ गरिएको छ। एकजनाको खोजी भइरहेको छ। 

यी  तीनजनाविरुद्ध वन्यजन्तु संरक्षण कानुनअनुसार मुद्दा दर्ता गरिएको छ। 

वन विभागका अनुसार रेमन्ड र रेयान दुई भाइ हुन् र उनीहरू आफ्नो बुबाको घरमा होमस्टे चलाउँछन्। प्रशान्त पाहुनाका रूपमा त्यही होमस्टेमा बसेका थिए। 

वन विभागले उनीहरूको होमस्टे नजिक आएको हात्तीलाई यी तीनजनाले आगो फालेर लखेटेका हुन्। 

त्यहाँको जिल्ला प्रशासन कार्यालयले गैरकानुनी तरिकाले चलाएको भन्दै सो होमस्टे बन्द गरिदिएको छ। 

कडा सजायको माग

सुरुम घाइते हात्तीको उपचार मसिनागुडीनजिक मुदुमलाई टाइगर रिजर्भमा भएको थियो। तर, त्यहाँ घाउ निको भएन। हात्तीको एउटा कान पूरै अलग भयो जसकारण रगत निस्कन सुरु गरेको थियो। 

यद्यपि पछि वन विभागले हात्तीलाई उपचारका लागि थेप्पाकाडु क्याम्पमा लैजाने प्रयास गरेको थियो। तर, बिग्रँदो अवस्थाका कारण हात्तीको मृत्यु भयो। 

वन अधिकारकर्मी कोवाई शदाशिवमले भने, ‘जसले यस्तो अपराध गरेको हो उसलाई कडा सजाय हुनुपर्छ।’ 

उनका अनुसार मसिनागुडीमा हात्तीका लागि तीन मुख्य सडक छन्। ‘अहिले यी सडकको प्रयोग गैरआदिवासी व्यक्ति र व्यावसायिक उद्देश्यले भइरहेको छ,’ उनले भने, ‘यहाँ होस्टेल, चिया पसल बनेका छन्, उनीहरूले हात्तीको सडकमा कब्जा जमाएका छन्।’

यो क्षेत्र अब हात्तीका लागि सुरक्षित नभएको उनी बताउँछन्। ‘हात्तीका लागि अब जंगल मात्रै बचेको छ,’ उनले भने, ‘हात्तीलाई मार्नु कदापि सह्य हुँदैन, यस अपराधका लागि जन्मकैदको सजाय हुनुपर्छ।’

वन्यजन्तु अधिकारकर्मी ओसाई कालीदास मसिनागुडीमा रहेको नाइट क्लबमा प्रतिबन्ध लगाउनुपर्ने बताउँछन्। जसकारण इको–टुरिज्मलाई अगाडि बढ्न मद्दत पुग्ने उनको भनाइ छ। 

सर्वोच्च अदालतले मसिनागुडीमा हात्तीको क्षेत्रबाट भौतिक संरचना हटाउनका लागि कमिटी गठन गरेको छ। साथै यसलाई तत्काल रोक्न आदेश पनि दिएको कालीदास बताउँछन्। 

‘तर, यसका बाबजुद पनि अतिक्रमण जारी छ,’ उनले भने, ‘जसकारण वन्यजन्तुलाई क्षति भइरहेको छ।’ बीबीसी हिन्दीबाट

प्रकाशित: Jan 23, 2021| 10:54 शनिबार, माघ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।