सोमबार, चैत २, २०८२

सन्दीपले दुई विकेट लिएको खेलमा होबार्ट पराजित

नेपाली खेलाडी सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा उनी आबद्ध टोली होबार्ट हुरिकेन्स २२ रनले पराजित भएको छ।
 |  शनिबार, माघ १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ १०, २०७७

काठमाडौं- नेपाली खेलाडी सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा उनी आबद्ध टोली होबार्ट हुरिकेन्स २२ रनले पराजित भएको छ।

National life

अष्ट्रेलियामा जारी बिग ब्यास लिगमा लामिछानेले पर्थ स्कर्चर्सविरुद्धको खेलमा दुई विकेट लिएका हुन्।  टस जितेर ब्याटिङ गरेको पर्थले २० ओभरमा आठ विकेट गुमाएर १७९ रन बनायो। होबार्टले २० ओभरमा आठ विकेट गुमाएर १५७ रन मात्र बनाउन सक्यो।

होबार्टका लागि लामिछानेले चार ओभरमा २७ रन खर्चिए। उनले यसक्रममा एक छक्का र एक चौकासमेत विपक्षी खेलाडीलाई हान्ने मौका दिए। 

लामिछानेले पर्थका ब्याट्सम्यान लियाम लिभिङस्टोनलाई २६ रनमा तथा मिचेल मार्सलाई सात रनमा पेभेलियन फर्काए। यसअघिका दुई खेलमा उनी लगातार विकेटविहीन बने। उनले बिग बोसमा हालसम्म ६ खेलमा ६ विकेट लिए। लामिछाने आबद्ध टोली होबार्ट हालसम्म २३ अंक जोड्दै लिगको छैटौँ स्थानमा छ। 

प्रकाशित: Jan 23, 2021| 01:35 शनिबार, माघ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।