शनिबार, असार २७, २०८३

महिला लिग : चौदण्डीगढीको पोस्टमा पुलिसको गोलवर्षा

राष्ट्रिय महिला लिग अन्तर्गत आज (शुक्रबार) सम्पन्न खेलमा नेपाल प्रहरीको विभागीय टिम पुलिस क्लबले चौदण्डीगढी नगरपालिकालाई ६–० गोलले हराएको छ।
 |  शुक्रबार, माघ ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ९, २०७७

काठमाडौं– राष्ट्रिय महिला लिग अन्तर्गत आज (शुक्रबार) सम्पन्न खेलमा नेपाल प्रहरीको विभागीय टिम पुलिस क्लबले चौदण्डीगढी नगरपालिकालाई ६–० गोलले हराएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा पुलिसले पहिलो जित निकाल्ने क्रममा चौदण्डीगढीलाई फराकिलो गोलअन्तरले हराएको हो।

खेलमा राष्ट्रिय टोलीकी स्ट्राइकर रेखा पौडेल र सृजना खड्काले दोहोरो गोल गरे भने अमृता जोशी र निर्मला बीकेले समान १–१ गोल गरे।

पहिलो हाफको २८ औं मिनेटमा गोल गर्दै रेखाले सुरुआती अग्रता बनाएकी थिइन्। उनका साथै अमृताले ५१, सृजनाले ४५ र निर्मलाले ४१ औं मिनेट र इन्ज्युरी समयमा गोल गरेपछि पहिलो हाफमै पुलिस क्लब ४–० गोलले अघि थियो।

दोस्रो हाफ उसले दुई गोल थप्यो। जहाँ रेखाले ८९ औं मिनेटमा र सृजनाले इन्ज्युरी समयमा व्यक्तिगत दोस्रो गोल गरे।

आजको जितसँगै पुलिसले दोस्रो खेलमा पहिलो जित निकालेको छ। उसले उद्घाटन खेलमा विभागीय डर्बी आर्मीसँग गोलरहित बराबरी खेलेको थियो।

आजको जितसँगै पुलिस चार अंकका साथ लिगको शीर्षस्थानमा छ। तीन अंकका साथ एपीएफ दोस्रो स्थानमा छ।
 

प्रकाशित: Jan 22, 2021| 11:56 शुक्रबार, माघ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।