शनिबार, असार २७, २०८३

मिनाशको सानदार प्रदर्शनमा प्रदेश १ को सान्त्वना जित

मिनाश थापाले सानदार प्रदर्शन गर्दा प्रधामनमन्त्री कप एकदिवसीय क्रिकेटअन्तर्गत (शुक्रबार) सम्पन्न खेलमा प्रदेश १ ले सान्त्वना जित निकालेको छ।
 |  शुक्रबार, माघ ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ९, २०७७

काठमाडौं- मिनाश थापाले सानदार प्रदर्शन गर्दा प्रधामनमन्त्री कप एकदिवसीय क्रिकेटअन्तर्गत (शुक्रबार) सम्पन्न खेलमा प्रदेश १ ले सान्त्वना जित निकालेको छ।

२१६ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेशविरुद्ध प्रदेश १ ले ५९ रनको जित निकालेको हो।

जितका लागि १० ओभर बलिङ गरेका थापाले दुई मेडन राख्दै २६ रन दिएर पाँच विकेट गिराए। कर्णाली प्रदेश ३५ ओभरमा पुरा विकेट गुमाएर १५६ रनमा समेटियो।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको प्रदेश १ ले पुरा ओभर खेल्दै ९ विकेटको क्षतिमा २१५ रन जोडेको थियो।
पहिलो इनिङमा सिद्धान्त लोहनीले ६६ रन बनाए भने सुभांकर उरावले ३६ रन जोडे। त्यस्तै, मिनाश थापाले २५ रन बनाउँदा सरवन यादवले १७ रन जोडे।

बलिङतर्फ कर्णालीका दिनेश अधिकारी र अनुज चुनराले समान २–२ विकेट लिए। त्यस्तै कप्तान रविन्द्र शाहीले तीन विकेट गिराए।
जवाफी ब्याटिङमा विपिन रावलले ४७ रन बनाए भने निश्चल कँडेल र रविन्द्र शाहीले क्रमश : ३१ र १८ रन जोडे।

प्रदेश १ का लागि थापाबाहेक दिपेश कँडेलले तीन विकेट लिए।

समूह ए अन्तर्गतको प्रदेश १ लगतार तीन हार बेहोर्दै यसअघि नै बाहिरिसकेको छ। उसले अन्तिम खेलमा भने जित निकाल्दै दुई अंक जोड्यो।

सेमिफाइनल प्रवेशका लागि अंकतालिकामा विभागिय टिम आर्मी र एपीएफसँग प्रतिस्पर्धामा रहेको कर्णाली पनि आजको हारसँगै बाहिरिने लगभग पक्का भएको छ।

प्रकाशित: Jan 22, 2021| 10:08 शुक्रबार, माघ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।