शनिबार, असार २७, २०८३

दुई पेनाल्टी मिस गरे पनि जित बार्सिलोनाकै

 स्पेनिस कोपा डेल रे अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा बार्सिलोनाका दुई खेलाडी मिरेलिम पजाकिन र ओउसमान डेम्बेलेले पेनाल्टीमा चुकेका छन्।
 |  शुक्रबार, माघ ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ९, २०७७

काठमाडौं-  स्पेनिस कोपा डेल रे अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा बार्सिलोनाका दुई खेलाडी मिरेलिम पजाकिन र ओउसमान डेम्बेलेले पेनाल्टीमा चुकेका छन्।

बार्सिलोनले ३९ औं र ८० औं मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्न नसेपछि निर्धारित समयमा दुवै टिमले गोल गर्न सकेनन्।

गोल गर्न नसकेपछि स्पेनिस जायन्ट बार्सिलोना दोस्रो डिभिजनअन्तर्गत सेकुन्डा लिगको कोर्नेला टिमसँग बराबरीमा रोकियो।

नकाउट प्रतियोगितामा दुवै टिमले गोल गर्न नसकेपछि खेल अतिरिक्त ३० मिनेट लम्बिएको थियो।

अतिरिक्त समयको ९२ औं मिनेटमा गोल गर्दै डेम्बेलेले बार्सिलोनाका लागि सुरुआति अग्रता बनाए। डेम्बेलेका लागि पेड्रीले पास उपलब्ध गराएका थिए।

त्यस्तै, मार्टिन ब्रेथवेटले अतिरिक्त समयको इन्ज्युरी टाइममा गोल गर्दै बार्सिलोनालाई २–० गोलअन्तरको सहज अवस्थामा पुर्याए।
यसबीच खेलको ११८ औं मिनेटमा कोर्नेलाका अल्बर्ट फर्नान्डेस रातो कार्ड खाँदै बाहिरिएका थिए।
 

प्रकाशित: Jan 22, 2021| 02:34 शुक्रबार, माघ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।