शनिबार, असार २७, २०८३

पीएम कपमा लुम्बिनीविरुद्ध पुलिसको जित

त्रिवि क्रिकेट मैदानमा सम्पन्न प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट अन्तर्गत आजको खेलमा नेपाल पुलिस क्लबले जित निकलेको छ।
 |  बिहीबार, माघ ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ८, २०७७

काठमाडौं– त्रिवि क्रिकेट मैदानमा सम्पन्न प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट अन्तर्गत आजको खेलमा नेपाल पुलिस क्लबले जित निकलेको छ। उसले लुम्बिनी प्रदेशलाई ७४ रनले हराउँदै कपमा दोस्रो जित निकालेको हो।

पहिले ब्याटिङमा आएको पुलिसले पूरा ओभर खेल्दै मात्र चार विकेटको क्षतिमा ३१० रन बनाएको थियो। टस जितेर बलिङ रोजेको लुम्बिनीले ३११ रनको विशाल लक्ष्य पूरा गर्न नसक्दा लिगमा पराजय भोगेको हो। जवाफी ब्याटिङमा लुम्बिनीले पूरा ओभर खेल्दै सात विकेटको क्षतिमा २३६ रन जोड्यो।

पुलिसलाई जिताउन शतकीय इनिङ खेलेका सुनिल धमलाले १४५ बलमा सात चौका र एक छक्काका साथ १०४ रन बनाए।

त्यस्तै, दिपेन्द्र सिंह ऐरीले ८५ रन जोडे भने पवन सर्राफले ५० रनको अविजित पारी खेले। आरिफ शेख २९ रनमा अविजित रहेको खेलमा अमित श्रेष्ठले २८ रन चट्काए।

बलिङतर्फ लुम्बिनीका कृष्ण कार्की, अनिल खरेल, दिपेन्द्र रावत र सौरव खनालले १–१ विकेट लिए। जवाफी ब्याटिङमा आएको लुम्बिनीका सौरभ खनालले ७४ रन बनाए भने देव खनाल अर्धसतक बनाउनबाट एक रनले चुके।

त्यस्तै, सन्दिप रजाली र कृष्ण कार्कीले मान ४०–४० रन जोडे। बलिङतर्फ लुम्बिनीका पवल सर्राफ र रसिद खानले समान २–२ विकेट लिए।

आजको जितसँगै नेपाल पुलिस क्लब चार अंकका साथ समूह बीको दोस्रो स्थानमा छ।
 

प्रकाशित: Jan 21, 2021| 11:53 बिहीबार, माघ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।