शनिबार, असार २७, २०८३

सावित्राको ह्याट्रिकमा एपीएफको सानदार जित

राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारीको ह्याट्रिकमा  एपीएफ क्लबले चन्द्रपुर नगरपालिकाविरुद्ध सानदार जित निकालेको छ।
 |  बिहीबार, माघ ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ८, २०७७

काठमाडौं– राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारीको ह्याट्रिकमा  एपीएफ क्लबले चन्द्रपुर नगरपालिकाविरुद्ध सानदार जित निकालेको छ।

राष्ट्रिय महिला लिग अन्तर्गत आज बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा एपीएफले ६–० गोलको फराकिलो जित निकालेको हो।

खेलको १४ औं, ६२ औं र ७२ औं मिनेटमा गोल गर्दै सावित्राले ह्याट्रिक पूरा गरिन्। त्यस्तै, एपीएफको सानदार जितमा कप्तान अनिता बस्नेत, अन्जली योन्जन र प्रिति राईले १–१ गोल गरे।

खेलको १४ औं मिनेटमा गोल गर्दै सावित्राले एपीएफलाई सुरुआती अग्रता दिलाइन्। त्यस्तै, योन्जनले २२ औं मिनेटमा गोल गर्दै अग्रतालाई दोब्बर बनाएकी थिइन्।

योन्जनको गोलसँगै पहिलो हाफमा एपीएफ दुई गोलले अघि रह्यो। तर दोस्रो हाफमा उसले चार गोल थप्यो।

सावित्राबाहेक ७० औं मिनेटमा मैदान छिरेकी प्रिती राईले ८९ औं मिनेटमा गोल गरिन् भने त्यसअघि बस्नेतले ६४ औं मिनेटमा गोल गरिन्।

लिगमा पहिलो जितसँगै एपीएफले तीन अंक जोडेको छ। हिजो सम्पन्न खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले गोलरहित बराबरी खेलेका थिए।

त्यस्तै, आज नै सम्पन्न अर्को खेलमा विराटनगर र वालिङ नगरले १–१ गोलको बराबरी खेलेका छन्।
 

प्रकाशित: Jan 21, 2021| 11:47 बिहीबार, माघ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।