शनिबार, असार २७, २०८३

उत्कृष्ट खेलाडी जितबहादुर पुरस्कृत

डिसेम्बर २८ देखि ३० तारिखसम्म पोर्टल्यान्डबाट सञ्चालित प्रतियोगितामा जितबहादुर ब्ल्याकबेल्टतर्फ उत्कृष्ट खेलाडी चुनिएका थिए।
 |  बिहीबार, माघ ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ८, २०७७

काठमाडौं – अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको आईओएफटीसी (इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप) ले दोस्रो आईओएफटीसी पुम्से अनलाइन भिडियो च्याम्पियनसिपका उत्कृष्ट पुरुष नेपाली खेलाडी जितबहादुर बोटलाई शुक्रबार नगद पुरस्कार प्रदान गरेको छ।

डिसेम्बर २८ देखि ३० तारिखसम्म पोर्टल्यान्डबाट सञ्चालित प्रतियोगितामा जितबहादुर ब्ल्याकबेल्टतर्फ उत्कृष्ट खेलाडी चुनिएका थिए। उनी १३ औं दक्षिण एसियाली खेलकुद (साग) का कांस्य विजेता हुन्।

युवा तथा खेलकुदमन्त्री दावा तामाङले जितबहादुरलाई प्रशंसापत्रसहित १५० अमेरिकी डलर हस्तान्तरण गरेका थिए।
प्रतियोगिताका नेपाली निर्णायक नोर्बु लामालाई पनि नगदसहित सम्मान गरिएको छ। मन्त्री तामाङले लामालाई प्रशंसापत्रसहित १०० अमेरिकी डलर प्रदान गरे।

प्रतियोगितामा अमेरिका टिम विजेता बनेको थियो भने नेपाल उपविजेता भएको थियो।  प्रतियोगितामा अनुशासित टिम घोषित नेपाल प्रहरीलाई सम्मानस्वरुप प्रशंसापत्र प्रदान गरिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बाएको छ।

पुरस्कार वितरण कार्यक्रममा मन्त्री तामाङले खेलकुद र खेलाडीको हितका लागि मन्त्रालय तत्पर रहने प्रतिबद्धता व्यक्त गरे।

 

प्रकाशित: Jan 21, 2021| 11:34 बिहीबार, माघ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।