शनिबार, असार २७, २०८३

पीएम कप : सुनिलको शतकमा लुम्बिनीले पायो विशाल लक्ष्य

त्रिवि क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट अन्तर्गत आज बिहीबारको खेलमा लुम्बिनी प्रदेशले ३११ रनको विशाल लक्ष्य पाएको छ।
 |  बिहीबार, माघ ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ८, २०७७

काठमाडौं– त्रिवि क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट अन्तर्गत आज बिहीबारको खेलमा लुम्बिनी प्रदेशले ३११ रनको विशाल लक्ष्य पाएको छ। टस जितेर बलिङ रोजेको लुम्बिनीले नेपाल पुलिस क्लबबाट उक्त लक्ष्य पाएको हो।

पहिले ब्याटिङमा आएको पुलिसले पूरा ओभर खेल्दै मात्र चार विकेटको क्षतिमा ३१० रन बनाउँदा सुनिल धमलाले सर्वाधिक रन जोडे। उनले १४५ बलमा सात चौका र एक छक्काका साथ १०४ रनको शतकीय इनिङ खेले।

त्यस्तै, दिपेन्द्र सिंह ऐरीले ८५ रन जोडे भने पवन सर्राफले ५० रनको अविजित पारी खेले। आरिफ शेख २९ रनमा अविजित रहेको खेलमा अमित श्रेष्ठले २८ रन चट्काए।

बलिङतर्फ लुम्बिनीका कृष्ण कार्की, अनिल खरेल, दिपेन्द्र रावत र सौरव खनालले १–१ विकेट लिए।
 

प्रकाशित: Jan 21, 2021| 07:43 बिहीबार, माघ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।