शनिबार, असार २७, २०८३

पीएम कप क्रिकेट : गण्डकीको कमजोर प्रदर्शन

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट अन्तर्गत आज बिहीबार भइरहेको खेलमा गण्डकी प्रदेशले कमजोर प्रदर्शन गरेको छ।
 |  बिहीबार, माघ ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ८, २०७७

काठमाडौं– प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट अन्तर्गत आज बिहीबार भइरहेको खेलमा गण्डकी प्रदेशले कमजोर प्रदर्शन गरेको छ।

मूलपानी मैदानमा भइरहेको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकीका सबै खलाडी ४६ ओभरसम्म मैदानमा टिके पनि उत्कृष्ट ब्याटिङ गर्न सकेनन्।

चार ओभर बाँकी रहँदै अल आउट भएको गण्डकीले १०६ रन बनाउँदै सशस्त्र प्रहरीको विभागीय टिम एपीएफलाई १०७ रनको झिनो लक्ष्य प्रदान गरेको छ।

ब्याटिङका क्रममा ओपनर समिर कँडेलले ३६ रन बनाए भने विष्णु पाण्डे र दिपेश खत्रीले १५–५ रन जोडे।

त्यस्तै, गण्डकीलाई अतिरिक्त १२ रन प्राप्त भयो। बलिङतर्फ एपीएफका कमल ऐरीले तीन मेडन राख्दै ११ रन दिएर चार विकेट लिए। त्यस्तै, शरद भेषवाकर र अभिनास बोहराले २–२ विकेट गिराए।

समूह ए मा रहेका गण्डकी र एपिएफको दुई–दुई अंक छ। तर एपीएफले एक खेल खेलेको छ भने गण्डकीले चौथो खेल खेल्दैछ।

 
 

प्रकाशित: Jan 21, 2021| 07:28 बिहीबार, माघ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।