शनिबार, असार २७, २०८३

सन्दीप दिल्ली क्यापिटलको टिमबाहिर

नेपाली लेग स्पिनर सन्दीप लामिछाने दिल्ली क्यापिटलसँगको सम्झौताबाट बाहिरिएका छन्।
 |  बिहीबार, माघ ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ८, २०७७

काठमाडौं– नेपाली लेग स्पिनर सन्दीप लामिछाने दिल्ली क्यापिटलसँगको सम्झौताबाट बाहिरिएका छन्।

हिजो(बुधबार) दिल्लीले जारी गरेको टिमको लिस्टमा उसले सन्दीपलाई राखेको छैन्। यससँगै उनी टिमबाट समेत बाहिरिएका हुन्।

इन्डियन प्रिमियर लिग(आईपीएल)को आउँदो सिजनमा उनले कुन टिमबाट खेल्ने भन्ने कुरो टुंगो लागेको भने छ्रैन्। तर, अब उनी अर्को टिममा अनुबन्ध हुन पाउने छन्।

नेपाली खेलाडी लामिछानेलाई सन् २०१८ मा दिल्लीले २० लाख भारतीय रूपैयाँमा अुनबन्ध गरेको थियो। 

दिल्लीमा तीन सिजन बिताएका सन्दीपले आठ खेलबाट १३ विकेट लिए। उनले पहिलो सिजनमा तीन खेलबाट पाँच विकेट गिराएका थिए भने २०१९ को सिजनमा पाँच खेलबाट आठ विकेट लिए। तेस्रो सिजनमा भने उनी कुनै खेलमा पर्न सफल भएनन्।

 

प्रकाशित: Jan 21, 2021| 05:14 बिहीबार, माघ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।