काठमाडौं– इटालियन सुपरकोपाको उपाधि युभेन्टसले जितेको छ।
ओल्ड लेडीमा बुधबार राति सम्पन्न खेलमा युभेन्टसले नापोलीलाई २–० गोलले हँराउँदै उपाधि जितेको हो।
युभेन्टसको प्रशिक्षकमा नियुक्त भएसँगै आन्द्रे पिर्लोलोले पहिलो उपाधि जितेका हुन्। उनलाई उपाधि दिलाउन खेलाडी क्रिस्टियाना रोनाल्डो र अल्भेरो मोराटाले गोल गरे।
पहिलो हाफ गोलरहित बराबरी रहेको खेलको दोस्रो हाफमा गोल गर्दै रोनाल्डोले सुरुवाति अग्रता बनाए।
यता नापोलीका लोरेन्जो इन्सिग्नले प्रहार गरेको पेनाल्टी युभेन्टसका किपरले बचाएपछि पाहुना टिमले बराबरी गर्ने अवसर गुमाएको थियो।
इन्ज्युरी समयमा मोराटाले युभेन्टसका लागि दोस्रो गोल गर्दै २–० गोलको जित दिलाए।
गएरातिको गोलसँगै रोनाल्डोले खेल करियरको ७६० गोल पुरा गरेका छन्। सो गोलसँगै उनी अहिलेसम्मकै सर्वाधिक गोलकर्ता समेत बनेका छन्।