आइतबार, असार २८, २०८३

पीएम कप : लगातार तेस्रो हारपछि प्रदेश १ बाहिरियो

प्रधानमन्त्री (पीएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेटअन्तर्गत बुधबार सम्पन्न खेलमा हार बेहोर्दै प्रदेश १ प्रतियोगिताबाट बाहिएको छ।
 |  बुधबार, माघ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ ७, २०७७

काठमाडौं – प्रधानमन्त्री (पीएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेटअन्तर्गत बुधबार सम्पन्न खेलमा हार बेहोर्दै प्रदेश १ प्रतियोगिताबाट बाहिएको छ।

समूह एमा रहेको प्रदेश १ लगातार तेस्रो हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको हो।

प्रतियोगिताबाट बाहिरिएको टिमविरुद्ध त्रिभुवन आर्मी क्लबले चार विकेटको जित निकाल्यो। प्रदेश १ ले दिएको १३२ रनको लक्ष्य आर्मीले २९ ओभर पाँच बलमा पाँच विकेट गुमाएर पूरा गरेको थियो। 

लक्ष्य पूरा गर्ने क्रममा आर्मीका रोहित पौडेलले ३६ रन जोडे भने भीम सार्की २९ रनमा रनआउट भए। त्यस्तै, राजेश पुलामीले अविजित २४ रन बनाए।

बलिङतर्फ प्रदेश १ शुभांकर उराउ, दीपेश कँडेल, फिर्दोस अन्सारी र ज्ञानेन्द्र श्रेष्ठले समान एकएक विकेट गिराए।

काठमाडौंको मूलपानी मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको प्रदेश १ ले ४०.१ ओभर खेल्दै सम्पूर्ण विकेट गुमाएर १३१ रन बनाएको थियो।

प्रतिस्पर्धामा विवेक मेहेताले ५० रनको अर्धशतकीय पारी खेले। उनले ८३ बल खेल्दै आठ बाउन्ड्री प्रहार गरेका थिए। त्यस्तै, फिर्दाेस अन्सारीले ९० बलमा ३२ रन बनाउँदा दीपक पासवानले १९ रनको योगदान गरे।

आर्मीका साहव आलमले सर्वाधिक चार विकेट लिए। १० ओभर बलिङ गरेका उनले तीन मेडन ओभर फालेर २३ रन खर्चे। त्यस्तै, आकाश चन्दले तीन विकेट लिए भने सुसन भारी, भीम सार्की र राजेश पुलामीले समान एक–एक विकेट गिराएका थिए। 

प्रकाशित: Jan 20, 2021| 12:41 बुधबार, माघ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।