शनिबार, असार २७, २०८३

नेपाल ओपनमा सात विदेशी निर्णायक

नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल पुम्से तथा हाइस्पिड किक तेक्वान्दो प्रतियोगिता सात विदेशीसहित १२ निर्णायकले सञ्चालन गर्ने भएका छन्।
 |  बुधबार, माघ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ ७, २०७७

काठमाडौं – नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल पुम्से तथा हाइस्पिड किक तेक्वान्दो प्रतियोगिता सात विदेशीसहित १२ निर्णायकले सञ्चालन गर्ने भएका छन्।

बाँकी पाँच निर्णायक नेपाली रहेको प्रतियोगिता संयोजक एवं तेक्वान्दोका प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठले बताएका छन्।

निर्णायकको भूमिका निर्वाह गर्ने विदेशी निर्णायकमा जोर्डनकी रोआ सलिम अब्बास म्याकन, बेल्जियमा अमिर इस्कान्दरी छन्।

त्यस्तै इन्डोनेसियाका नुरजनाह र रहादेवी नेता, भेनेन्जुएलाका गोन्जालो रोजास लोबो, मेक्सिकोकी मारिया फर्नान्डा तथा ब्राजिलका आन्ड्रे डियोलिभेरा अन्य विदेशी निर्णायक हुन्।

नेपाली निर्णायकमा नोर्बु लामा, हीराबहादुर थापा, मीन न्यौपाने, अशोक खड्का र विक्रम खड्गी रहेको प्रमुख प्रशिक्षक श्रेष्ठले बताए।

कोटेश्वर तेक्वान्दो डोजाङसहित ६ वटा संस्थाको आयोजनामा हुने प्रतियोगिता माघ १३ र १४ गते सञ्चालन गरिनेछ।

प्रतियोगिताको ‘मोस्ट पपुलर प्लेयर’ ले १५० अमेरिकी डलर तथा उत्कृष्ट पुरुष र महिला खेलाडीले जनही १०० अमेरिकी डलर नगद पुरस्कार पाउनेछन्।

पुम्सेमा ६० र हाइस्पिड किकमा ३० गरी ९० स्पर्धा समावेश प्रतियोगितामा २९ राष्ट्रका १ हजार ३०० खेलाडी सहभागी हुनेछन्।

हाइस्पिड किकको प्रतियोगिता नेपालमै पहिलोपटक सञ्चालन गर्न लागिएको हो।

प्रकाशित: Jan 20, 2021| 12:31 बुधबार, माघ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।