शनिबार, असोज ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • स्टार्टअप समितिको सभापतिमा आचार्य, ५० स्टार्टअपको लागि पूँजी जुटाउने निर्णय

स्टार्टअप समितिको सभापतिमा आचार्य, ५० स्टार्टअपको लागि पूँजी जुटाउने निर्णय

नेपाल उद्योग वाणिज्य महासंघको स्टार्ट अप एण्ड इनोभेसन समितिको सभापतिमा रञ्जितराज आचार्य चयन भएका छन्। 
 |  बुधबार, माघ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ ७, २०७७

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको स्टार्ट अप एण्ड इनोभेसन समितिको सभापतिमा रञ्जितराज आचार्य चयन भएका छन्। 

सहसभापतिमा सिद्धान्तराज पाण्डे र सुमन शाक्य, सदस्यमा प्रकाश देव पालिखे, निरज खनाल, दिपेन्द्र चौलागाई, मौसमी श्रेष्ठ, सुमना श्रेष्ठ र स्वर्णा ताम्राकार छन्।

समितिको आमन्त्रित सदस्यमा तेञ्जिङ सोनर गोम्सर र कविराज जोशी छन्। 

त्यसैगरि समितिको सल्लाहकारमा महासंघका पूर्वकार्यकारिणी समिति सदस्यद्वय ओम राजभण्डारी र सौरभ ज्योतिका साथै अनिल चित्रकारलाई राखिएको छ। 

महासंघका अध्यक्ष शेखर गोल्छाले बुधबार समितिमा चुनिएका सदस्यहरूलाई औपचारिक पत्र हस्तान्तरण गरेका हुन्।

समितिले नेपालमा स्टार्टअप शुरु गरेका उद्यमी व्यवसायीहरूका वास्तविक समस्या तथा चुनौतीहरूका विषयमा छलफल गरी सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका विषयमा सुझाव पेश गर्ने निर्णय गरेको छ। 

त्यस्तैगरी नविन सोचमा आधारित रहेर उद्यम गर्न चाहने ५० वटा स्टार्टअपको व्यावसायिक सफलताका लागि सुरूवाती पूँजी जुटाउने समितिले निर्णय गरेको छ। 

शुरूवाती पूँजी स्टार्टअप समिति अन्तर्गत रहेको इन्भेष्टर फोरममार्फत जुटाइने समितिले जनाएको छ। 

कविराज जोशीको संयोजकत्वमा इभेन्ट म्यानेजमेन्ट उपसमिति गठन गर्ने, प्रत्येक महिनाको पहिलो शुक्रबार ‘फ्राइडे टक’ आयोजना गर्ने र महासंघको नेटवर्कमार्फत स्टार्टअपका विषयमा सचेतना कार्यक्रम गर्ने समितिले निर्णय गरेको छ।

महासंघका अध्यक्ष गोल्छाले अर्थतन्त्रको महत्वपूर्ण हिस्सा साना तथा मझौला उद्यम व्यवसाय भएको बताउँदै उक्त क्षेत्रलाई कसरी माथि उठाउन सकिन्छ भन्नेतर्फ महासंघले जोड दिएको बताए।

स्टार्ट अपमा आफूलाई स्थापित गरेका सफल उद्यमीहरूको सहयोग र सहकार्य महासंघले खोजेको उनको भनाइ छ। 

महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले कोभिडका कारण अर्थतन्त्रमा धेरै चुनौती थपिएकाले मुलुकभित्र रोजगारी सृजना र पढेलेखेका युवा वर्गलाई स्वदेशमा आकर्षित गर्नेतर्फ लाग्नुपर्ने बताए। 
 

प्रकाशित: Jan 20, 2021| 12:30 बुधबार, माघ ७, २०७७
प्रतिक्रिया दिनुहोस्