सोमबार, चैत २, २०८२

महिला लिग फुटबलमा आर्मी र पुलिसको बराबरी 

राष्ट्रिय महिला लिग फुटबलको उद्घाटन खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले बराबरी खेलेका छन्।
 |  बुधबार, माघ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ ७, २०७७

काठमाडौं – राष्ट्रिय महिला लिग फुटबलको उद्घाटन खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले बराबरी खेलेका छन्।

National life

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा दुवै टिमले गोलरहित बराबरी खेलका हुन्। दुवै टिमलाई उपाधिको दाबेदार मानिन्छ।

पुलिस खेलको तेस्रो मिनेटमा प्रहार विफल भएपछि अग्रता बनाउनबाट चुकेको थियो। त्यस्तै, ३८ औं मिनेटमा प्रहार गरेको बल गोललाइनबाट बाहिर गएको थियो।

आर्मीकी विमला चौधरीले २८ औं मिनेटमा प्रहार गरेको फ्रिकिकले पनि पोस्ट चुम्न सकेन।

आर्मीले ४० औं मिनेटमा अर्को सुट मिस गरेको थियो भने ४४ औं मिनेटमा पुलिसले उत्कृष्ट बचाउ गर्दा पहिलो हाफमा दुवै टिमले गोल गर्न सकेनन।

Laxmi sunrise bank
kumari

२८ औं मिनेटमा मैदान छिरेकी पुलिसकी रेखा पौडेलले ६५ औं मिनेटमा पाएको उत्कृष्ट अवसरको पनि सदुपयोग गर्न सकिनन्। उनले पोस्टबाहिर प्रहार गरेपछि पुलिसले फेरि अर्को मौका गुमाएको थियो।

त्यस्तै इन्ज्युरी समयमा आर्मीकी इन्दिरा राईले प्रहार गरेको फ्रिकिक पुलिसकी किपर अञ्जना राना मगरले रोकेपछि खेल बराबरीमा समाप्त भयो। बराबरीसँगै दुवै टिमले १–१ अंक जोडेका छन्।

पुलिस क्लबका प्रशिक्षक सञ्जीव जोशीले आजको खेलमा दुवै टिम उत्तिकै शक्तिशाली भएको बताए।  उनले भने, ‘कसले जित्ने कसले हार्ने भन्ने ५०÷५० को अवस्था थियो। दुवै राम्रा थिए।’

नेपाल पुलिस क्लबका खेलाडीले पछिल्लो डेढ महिनाबाट प्रशिक्षण गरिरहेका छन्। जोशीले सबै खेलाडी खेलका लागि फिट रहेको बताए।

‘मैले सबै खेलाडीलाई लकडाउन भए पनि स्वअभ्यास गरेर फिट बस भनेको थिएँ,’ उनले भने, ‘टिमले डेढ महिनादेखि प्रशिक्षण लिइरहेको छ।’

आर्मीको महिला टिमले पनि एक महिनादेखि अभ्यास गरिरहेको प्रशिक्षक राजु तामाङले बताएका छन्।

धेरै पछिको खेल भएका कारण आर्मीले स्कोरिङमा चुकेको उनको दाबी छ। उनले भने, ‘फिनिसिङ राम्रो भएन। स्ट्राइकरले चित्तबुझ्दो गरेनन्। तयारी धरै राम्रो नभएका कारणले पनि यस्तो भएको हुनुपर्छ।’

कोभिड–१९ को महामारीको समयमा आर्मी युनिटमा खटिएको कारणले दैनिक अभ्यासमा असर परेको तामाङको भनाइ छ। 

उनले पुलिस टिम राम्रो भएको कारण पनि गोलको अवसर सदुपयोग गर्न नसकेको बताए।

उनले भने, ‘तर आर्मीको केही पक्ष सुधार भएको छ। पहिला फिजिकल राम्रो थियो। आजको खेल आर्मीले टिक्निकल पनि खेलेको छ।’

प्रकाशित: Jan 20, 2021| 12:17 बुधबार, माघ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।