शनिबार, असोज ३, २०८३

टर्किस एयरलाइन्स र रोडहाउस क्याफेबीच सम्झौता

टर्किस एयरलाइन्स र रोडहाउस क्याफेबीच सम्झौता भएको छ। 
 |  बुधबार, माघ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ ७, २०७७

काठमाडौं– टर्किस एयरलाइन्स र रोडहाउस क्याफेबीच सम्झौता भएको छ। 

एयरलाइन्सका जनरल म्यानेजर अब्दुलाह टिउनकेर केसीसी र क्याफेका प्रबन्ध निर्देशक चन्दन कायस्थले सम्झौतामा हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार एक वर्षसम्म एयरलाइन्स र क्याफेले संयुक्तरुपमा प्रचारका क्याम्पेनहरू सञ्चालन गर्नेछन्। 

रोडहाउस ग्रुपले एयरलाइन्समा विशेष छुट पाउने छन्। त्यसैगरी एयरलाइन्सका ग्राहकले रोडहाउस क्याफेका आउटलेटमा छुट पाउने भएका हुन्। 

टर्किस एयरलाइन्स १२६ देशका ३२० गन्तव्यमा उडान गर्दै आएको छ। रोडहाउस हस्पिटालिटीअन्तर्गत विभिन्न क्याफे तथा होटल सञ्चालन भइरहेका छन्। 

प्रकाशित: Jan 20, 2021| 10:17 बुधबार, माघ ७, २०७७
प्रतिक्रिया दिनुहोस्