शनिबार, असोज ३, २०८३

किसान क्रेडिट कार्ड र किसान एपको सुरुआत  

कृषि विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई किसान क्रेडिट कार्ड र किसान एप प्रदान गरेको छ। 
 |  बुधबार, माघ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ ७, २०७७

काठमाडौं– कृषि विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई किसान क्रेडिट कार्ड र किसान एप प्रदान गरेको छ। 

बैंकको ५४ औँ  वार्षिकोत्सवका अवसरमा एक दर्जन ग्राहकलाई क्रेडिट कार्ड प्रदान गरेको हो। बैंकले किसान एपको पनि शुभारम्भ गरेको छ। 

बुधबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले किसान एपको शुभारम्भ गरेका हुन्। 

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा नै किसान क्रेडिट कार्डको व्यवस्था गर्ने उल्लेख गरेको थियो। 

कृषि एप र स्मार्ट कार्ड वितरण गर्दै अर्थमन्त्री पौडेलले स्मार्ट कार्ड काठमाडौंका किसानलाई मात्र नभएर ग्रामीण भेगमा कृषि गरिरहेका किसानसमक्ष पनि लैजानुपर्ने बताए। 

के हो किसान क्रेडिट कार्ड र किसान एप? 

किसान क्रेडिट कार्ड कृषि विकास बैंकबाट ऋण लिएका किसानले पाउने कार्ड हो।  बैंकबाट ऋण लिएपछि कृषकले बैंकबाट किसान क्रेडिट कार्ड पाउँछन्। बैंकले किसानले माग गरेको कर्जा स्वीकृत गरेपछि कर्जाको केही रकम कारोबारलाई आधार मानेर कार्डमा राखिदिने छ। 

किसान एपमा कर्जा लिएका ऋणी किसानको विस्तृत विवरण राखिने छ। ऋण रकम किसाहरूले सामान किन्दा प्रयोग गर्न सक्नेछन्।

किसान कार्डमा चिप हुँदैन क्वीआर कोड हुन्छ। पसलमा रहेको मर्चेन्ट मेसिनमा स्वाप गरेपछि क्रेडिट कार्डबाटै रकम काटिने छ। 

२४ अर्बको कृषि बण्ड जारी गर्दै 

कृषि विकास बैंकले २४ अर्ब रुपैयाँ बराबरको ‘कृषि बन्ड’पनि जारी गर्ने जनाएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायले पहिलो चरणमा ६ अर्ब रुपैयाँ बराबरको कृषि बन्ड जारी गर्न लागेको बताए। 

उनले भने, ‘बैंकले कृषिमा लगानी गर्नका लागि स्रोत जुटाउने हिसाबले कृषि बन्ड जारी गर्न लागेको हो।’ 

सो बन्डका लागि बैंकले अन्य २६ वटा बैंकलाई आवेदन दिन आग्रह गरिसकेको पनि उपाध्यायले जानकारी दिए। बैंकले समग्र कृषि क्षेत्रको नेतृत्व गर्ने गरी काम गरिरहेको पनि जनाएको छ। 

कृषि विकास बैंकको हाल नेपालभर १५ लाख ग्राहक छन्। करिब ३ लाख सेयरधनी रहेको बैंकका २७८ वटा शाखा कार्यालय। बैंकले कूल कर्जाको ८५ प्रतिशतभन्दा बढी हिस्सा १५ लाख भन्दा कम रकमका साना तथा मझौला कर्जामा लगानी गरेको छ। 

प्रकाशित: Jan 20, 2021| 09:57 बुधबार, माघ ७, २०७७
प्रतिक्रिया दिनुहोस्