शनिबार, असोज ३, २०८३

१५.८७ अंकले बढेर २३४२ विन्दुमा पुग्यो नेप्से 

बुधबार सेयर बजार परिसूचक (नेप्से) १५.८७ अंकले बढेको छ। बढेको बजार २३४२.२७ विन्दुमा पुगेर रोकिएको हो।
 |  बुधबार, माघ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ ७, २०७७

काठमाडौं– बुधबार सेयर बजार परिसूचक (नेप्से) १५.८७ अंकले बढेको छ। बढेको बजार २३४२.२७ विन्दुमा पुगेर रोकिएको हो।  

आज २११ कम्पनीको १ करोड ५९ लाख ८१ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब २१ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 

आज विकास बैंक समूहको सूचक २, फाइनान्स ४५.९६, जलविद्युत् ५३.५९, जीवन बिमा ७२९.३७, माइक्रोफाइनान्स २९, म्युचुअल फण्ड ०.०२ र निर्जिवन बिमा १८५.९८ अंकले बढेको छ। 

बैंकिङ समूहको सूचक २.४३, होटल २२.७७, उत्पादन ६२.९४, अन्य ११.७७ र व्यापार समूहको सूचक ८.९२ अंकले घटेको छ। 

आज बेष्ट फाइनान्स कम्पनीका लगानीकर्ताले कमाएका छन् भने विशाल बजार कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्।  
 

प्रकाशित: Jan 20, 2021| 09:34 बुधबार, माघ ७, २०७७
प्रतिक्रिया दिनुहोस्