काठमाडौं - प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेटमा सुदूरपश्चिम प्रदेशमाथि नेपाल पुलिस क्लबले ९ विकेटको जित निकालेको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले ३३ ओभर एक बलमा सबै विकेट गुमाएर ११० रन बनाएको थियो। १११ रनको लक्ष्य पछ्याएको पुलिसले एक विकेटकाे क्षतिमा सो लक्ष्य पूरा गरेको हो।
लक्ष्य पूरा गर्ने क्रममा उसले १७ ओभर खेल्यो। पुलिसको जितका लागि सुनिल धमला र कुशल भुर्तेलले ९७ रनको उत्कृष्ट पारी खेले। जहाँ धमलाले ५३ रन बनाए भने कुशल भुर्तेलले ५३ रन जोडे।
यता सुदूरपश्चिमका हेमन्त धामीले एक विकेट लिए।
त्यसअघि ब्याटिङमा आएको सुदूरपश्चिमका लागि ओपनर खडक बोहराले सार्वाधिक ४० रन बनाए भने सन्जु धामीले ३५ रन जोडे। यसबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन्।
पुलिस क्लबका सागर ढकाल र दिपेन्द्र सिंह ऐरीले समान ४/४ विकेट गिराए।
आजको जितसँगै समूह बी मा रहेको पुलिसले प्रधानमन्त्री कपमा पहिलो जित निकालेको छ। उसले पहलो खेलमा बाममती प्रदेशसँग हार बेहोरेको थियो।
दुई जितका लागि बगमती प्रदेश समूहको शीर्षस्थानमा छ भने लुम्बिनी र पुलिसको समान २–२ अंक छ। प्रदेश २ र सुदूरपश्चिम प्रदेश भने जितविहीन छन्।