शनिबार, असार २७, २०८३

प्रदेश १ ले आर्मीलाई दियाे १३२ रनको लक्ष्य

प्रदेश १ ले आर्मी क्लबसामु १३२ रनको लक्ष्य पस्तुत गरेको छ। 
 |  बुधबार, माघ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ ७, २०७७

काठमाडौं - प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेटअन्तर्गत आज (बुधबार) भइरहेको खेलमा प्रदेश १ ले आर्मी क्लबसामु १३२ रनको लक्ष्य पस्तुत गरेको छ। 

काठमाडौंको मूलपानी मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको प्रदेश १ ले ४०.१ ओभर खेल्दै सम्पूर्ण विकेट गुमाएर १३१ रन बनाएको हो। 

प्रदेश १ का लागि विवेक मेहेताले ५० रनको अर्धशतकीय पारी खेले। उनले ८३ बल खेल्दै आठ बाउन्ड्री प्रहार गरे। त्यस्तै फ्रिदोस अन्सारीले ९० बलमा ३२ रन बनाउँदा दीपक पासवानले १९ रनको योगदान गरे। 

यता आर्मीका लागि शाहव आलमले सर्वाधिक ४ विकेट लिए। १० ओभर बलिङ गरेका उनले तीन मेडन ओभर फालेर २३ रन खर्चे। त्यस्तै आकाश चन्दले तीन विकेट लिए भने सुशन भारी, भीम सार्की र राजेश पुलामीले समान एक–एक विकेट गिराए। 

आजको खेलमा जित निकाल्न सके आर्मी सेमिफाइनल नजिक पुग्नेछ। आर्मीले यसअघिको दुई खेलमा सहज जित निकालेको छ।

प्रकाशित: Jan 20, 2021| 07:05 बुधबार, माघ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।