शनिबार, असार २७, २०८३

पीएम कप क्रिकेट : पुलिससामु सुदूरपश्चिमको झिनो लक्ष्य

प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेटमा सुदूरपश्चिम प्रदेशले नेपाल पुलिस क्लबलाई सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
 |  बुधबार, माघ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ ७, २०७७

काठमाडौं– प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेटमा सुदूरपश्चिम प्रदेशले नेपाल पुलिस क्लबलाई सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तीपुरस्थित त्रिवि मैदानमा जारी खेलमा पुलिस क्लबले सुदूरपश्चिमबाट १११ रनको सामान्य लक्ष्य पाएको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले सबै विकेट गुमाउँदै ११० रन बनाउन पुग्यो। सुदूरपश्चिमका लागि ओपनर खडक बोहराले सर्वाधिक ४० रन बनाए भने सन्जु धामीले ३५ रन जोडे। यसबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन्।

यता पुलिस क्लबका सागर ढकाल र दिपेन्द्र सिंह ऐरीले समान ४–४ विकेट गिराए।
 

प्रकाशित: Jan 20, 2021| 06:05 बुधबार, माघ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।