शनिबार, असार २७, २०८३

राष्ट्रिय महिला लिग आजबाट

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आजबाट राष्ट्रिय महिला लिग सुरु गरेको छ।
 |  बुधबार, माघ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ ७, २०७७

काठमाडौं - अखिल नेपाल फुटबल संघ (एन्फा)ले आजबाट राष्ट्रिय महिला लिग सुरु गर्दैछ।

कोरोना महामारीका कारण लामो समय रोकिएको महिला लिग आजबाट सुरु हुन लागेको हो।

महिला लिगका साथै दशरथ रंगशालामा फुटबल फर्किएको छ। आजको उद्घाटन खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने आयोजक एन्फाले जनाएको छ।

दशरथ रंगशालामा पछिल्लो पटक फागुन ३ गते यता फुटबल भएको थिएन। 

कोरोना महामारीपछिको पहिलो खेल भएकाले एन्फाले आज सबै दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था गरेको छ।

उद्घाटन र समापन खेल दशरथ रंगशालामा भए पनि बाँकी बै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ।

एन्फाले यो वर्षदेखि महिला टिममा चारजना विदेशी खेलाडी राख्न पाउने व्यवस्था गरेको छ, जहाँ एउटा टिममा २३ खेलाडी र सात अफिसियलसहित ३० जना रहन पाउने व्यवस्था छ।

आजको खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

खेल दिउँसो २ बजे सुरु हुनेछ।

प्रतियोगितामा सात टिमको सहभागिता छ। चौदण्ढीगढी नगर, आर्मी फुटबल क्लब, सशस्त्र प्रहरीको एफीएफ, विराटनगर महानगर, वालिङ नगर, चन्द्रपुर नगर र पुलिस टिम छन्।

प्रकाशित: Jan 20, 2021| 05:53 बुधबार, माघ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।