काठमाडौं - एनसेल आजियाटा लिमिटेडले थ्रीजीबाट फोरजीमा सिम अपग्रेड गर्ने ग्राहकका लागि बोनस योजना ल्याएको छ।
यो योजनाअन्तर्गत फोरजीमा सिम अपग्रेड गर्ने ग्राहकले दुई जीबी फोरजी डाटा बोनसस्वरुप प्राप्त गर्ने एनसेलले जनाएको छ।
यो योजना एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत ल्याएको हो।
सिम अपग्रेड गर्न एनसेल ग्राहकले आफ्नो नजिकैको एनसेल सेन्टर, एनसेल पसल वा एनसेलको आधिकारिक बिक्रेतामार्फत् आफ्नो सिमकार्ड सजिलै बिना कुनै शुल्क फोरजीमा अपगे्रड गर्न सक्ने एनसेलको भनाइ छ।
यो योजनाअन्तर्गतको बोनस फोरजी डाटा सात दिनका लागि मान्य रहने छ।
एनसेलका अनुसार फोरजी सेवा प्रयोगका लागि ग्राहकलाई फोरजी सिम, फोरजी सपोर्ट गर्ने मोबाइल र फोरजी नेटवर्क कभरेज भएको ठाउँ हुनु पर्दछ।
ग्राहकले आफूले प्रयोग गरेको सिमकार्ड फोरजी सिम हो वा होइन भनेर एस्ट्रिक्स ३२४ ह्याज डायल गरी वा अंग्रेजीमा अक्षर ठूलो ‘क्यू’ लेखी पठाउन सकिने छ।