शनिबार, असार २७, २०८३

छैटौंपटक पराजित डर्टमन्ड

जर्मन बुन्डेसलिगाअन्तर्गत मंगलबार राति सम्पन्न खेलमा बोरुसिया डर्टमन्ड पराजित भएको छ।
 |  बुधबार, माघ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ ७, २०७७

काठमाडौं – जर्मन बुन्डेसलिगाअन्तर्गत मंगलबार राति सम्पन्न खेलमा बोरुसिया डर्टमन्ड पराजित भएको छ। यससँगै ऊ जारी लिगमा ६ पटक पराजित भइसकेको छ।

वायर लेवरकुसनको मैदानमा मंगलबार राति सम्पन्न खेलमा डर्टमन्ड २–१ गोलले पराजित हुँदा लिगमा छैटौं पराजय भोगेको हो।

उक्त हारसँगै डर्टमन्ड लिगको चौथो स्थानमा छ। उसले १७ खेलबाट ९ जितसहित २९ अंक बनाएकाे छ।

यता जित निकालेको लेवरकुसन भने ३२ अंकका साथ दोस्रो स्थानमा छ। 

लेवरकुसनको जितका लागि मोउसा गियबी र फ्लोरियन विर्जाले १/१ गोल गरे।

यता ५७ औं मिनेटमा डर्टमन्डका जुलियन ब्रान्डिक्टले गोल गरे पनि जितका लागि पर्याप्त भएन।

एक गोलले पछि परेको अवस्थामा उनले बराबरी गरे पनि लेवरकुसनका विर्जाले ८० औं मिनेटमा गोल गर्दै घरेलु टिमलाई जिताएका थिए।

प्रकाशित: Jan 20, 2021| 00:57 बुधबार, माघ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।