शनिबार, असार २७, २०८३

चेल्सी पुनः ओरालो लाग्दै, लेस्टर शीर्षस्थानमा

इंग्लिस प्रिमियर लिग(ईपीएल)मा उपाधि दावेदारको रुपमा लिइएको चेल्सी मंगलबार राति लेस्टर सिटीसँग पराजित भएको छ।
 |  बुधबार, माघ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ ७, २०७७

काठमाडौं– इंग्लिस प्रिमियर लिग(ईपीएल)मा उपाधि दावेदारको रुपमा लिइएको चेल्सी मंगलबार राति लेस्टर सिटीसँग पराजित भएको छ।
लेस्टर सिटीको मैदानमा सम्पन्न खेलमा चेल्सीले घरेलु टिमसँग २–० गोलको हार बेहोरेको हो।

उक्त हारसँगै चेल्सीले अंकतालिकामा ओरालो यात्रा कायम राखेको छ। लिगमा छैटौं हारसँगै अहिले ऊ अंकतालिकाको आठौं स्थानमा छ।
यता चेल्सीलाई हराउँदै लेस्टर सिटी ईपीएलको शीर्षस्थानमा उक्लिएको छ। १९ खेलबाट ३८ अंक जोड्दै लेस्टर शीर्षस्थानमा पुगेको हो।

यता दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडले एक खेल कम खेल्दै ३७ अंक जोड्दा दुई खेल कम खेलेको म्यानचेस्टर सिटीको ३५ अंक छ।
उपाधि दावेदार लिभरपुल भने युनाटेडसँगको बराबरीपश्चात् ३४ अंकका साथ चौथो स्थानमा छ।

मंगलबार राति जितका क्रममा चेल्सीलाई हराउन लेस्टरका विल्फ्रेड एनडीडी र जेम्स मड्रिसनले पहिलो हाफमा गोल गरे।

एनडीडीले खेलको छैटौं मिनेटमै गोल गरेर सुरुवाति अग्रता दिलाए भने मड्रिसनले ४१ औं मिनेटमा गोल गर्दै अग्रतालाई दोब्बर बनाए।

तर दोस्रो हाफमा गोल नभएपछि खेल लेस्टरको पक्षमा पर्यो। लेस्टरको जितसँगै ऊ शीर्षस्थानमा पुगे पनि सुरक्षित हुने अवस्था भने छैन्।

यता चेल्सीको प्रशिक्षक प्रांक लाम्पार्ड गएरातिको हारसँगै थप दबाबमा परेका छन्। उनी समर विन्डोमा गरेको दुईसय मिलियन यूरो खर्चको उपलब्धि देखाउन असमर्थ छन्।

उनले गत समर विन्डोमा केही हेविवेट खेलाडी अनुबन्ध गरेका थिए। तर उनीहरुले अपेक्षा गरेअनुसारको खेल्न सकेका छैनन्।
 

प्रकाशित: Jan 20, 2021| 00:47 बुधबार, माघ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।