शनिबार, असार २७, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • ४ फागुनदेखि पोखरामा मुख्यमन्त्री कप जिल्लास्तरीय भलिबल प्रतियोगिता हुने

४ फागुनदेखि पोखरामा मुख्यमन्त्री कप जिल्लास्तरीय भलिबल प्रतियोगिता हुने

पोखरामा फागुन पहिलो साता ‘गण्डकी प्रदेश प्रथम मुख्यमन्त्री कप जिल्लास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता–२०७७’ आयोजना हुने भएको छ। 
 |  मंगलबार, माघ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ६, २०७७

पोखरा– पोखरामा फागुन पहिलो साता ‘गण्डकी प्रदेश प्रथम मुख्यमन्त्री कप जिल्लास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता–२०७७’ आयोजना हुने भएको छ। 

कास्की जिल्ला भलिबल संघको आयोजनामा फागुन ४ देखि ८ सम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा प्रतियोगिता सञ्चालन हुने प्रतियोगिता संयोजक खगेन्द्र गौचनले जानकारी दिए। प्रतियोगितामा प्रदेशका ११ जिल्लाको सहभागिता हुने छ।

खेलमार्फत पर्यटन प्रवद्र्धन गर्दै पोखरालाई खेलकुद सहरका रुपमा विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको संघका अध्यक्ष भीम पराजुलीले बताए। प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गर्दै नवौं राष्ट्रिय खेलकुदका लागि तयारी गर्ने उनको भनाइ थियो। 

प्रतियोगितामा गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र सामाजिक विकास मन्त्रायलको समन्वय तथा राष्ट्रिय खेलकुद परिषद्, क्षेत्रीय खेलकुद विकास समिति, क्षेत्रीय भलिबल संघको सहयोग हुने अध्यक्ष पराजुलीको भनाइ छ। 

प्रतियोगितामा महिला तथा पुरुष टोली विजेताले नगद २ लाख रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। उपविजेता र तेस्रो हुने टोलीलाई क्रमशः १ लाख र ५० हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने छ। 

महिला तथा पुरुष दुवै टिमबाट सर्वोत्कृष्ट खेलाडीलाई ५ हजारसहित कप र प्रमाणपत्र दिइने छ भने उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर र डिफेन्डरलाई जनही ५ हजार साथमा कप र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिता संयोजक गौचनले बताए। 

प्रतियोगितामा ५५ लाख आय र ५४ लाख ३४ हजार खर्च हुने आयोजकको अनुमान छ। 
 

प्रकाशित: Jan 19, 2021| 14:38 मंगलबार, माघ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।