शनिबार, असोज ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • आईपीओमा निफ्राको कीर्तिमान, १८ अर्ब १२ करोड रुपैयाँको आवेदन

आईपीओमा निफ्राको कीर्तिमान, १८ अर्ब १२ करोड रुपैयाँको आवेदन

नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) ले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक सेयर (आईपीओ) मा १८ अर्ब रुपैयाँ बराबरको आवेदन परेको छ । 
 |  मंगलबार, माघ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ६, २०७७

काठमाडौं – नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) ले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक सेयर (आईपीओ) मा १८ अर्ब रुपैयाँ बराबरको आवेदन परेको छ। 

बैंकले गत शुक्रबार खुला गरेको आईपीओमा १५ लाख २९ हजार ४६० आवेदनबाट १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताका लागि १८ अर्ब १२ करोड ८६ लाख रुपैयाँ बराबरको आवेदन परेको हो।  आईपीआोमा परेको यो अहिलेसम्म सबैभन्दा धेरै आवेदन हो। 

यसअघि चन्द्रगिरी हिल्सको आईपीओमा साढे १२ लाख भन्दा बढीको आवेदन परेको थियो। 

बैंकले सर्वसाधारणका लागि सात करोड ५८ लाख ४० हजार कित्ताको लागि आवेदन माग गरेको थियो। मंगलबार बैंंकको अन्तिम आवेदन दिने म्याद भएको र मेरो सेयरमा समस्या आएका कारण सीडीएससीले एक घण्टा समय थपेको थियो। 

बैंकले जारी पुँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने आठ अर्ब रुपैयाँ बराबरको आठ करोड कित्ता साधारण सेयर निष्कासनमा ल्याएको थियो।

त्यसमध्ये ०.२० प्रतिशत अर्थात् एक लाख ६० हजार कित्ता सेयर कर्मचारीका लागि र पाँच प्रतिशतले हुन आउने ४० लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्ट्याइएको छ। 

हाल बैंकको चुक्ता पुँजी १२ अर्ब रुपैयाँ रहेको छ। आठ अर्ब रुपैयाँ बराबरको आईपीओ बाँडफाँटपछि बैंकको चुक्ता पुँजी २० अर्ब पुग्नेछ।
 

प्रकाशित: Jan 19, 2021| 13:17 मंगलबार, माघ ६, २०७७
प्रतिक्रिया दिनुहोस्